काठमाडौँ । सन् २०२४ मा सञ्चालन गरिने एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आजदेखि खुला गरिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवद्र्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ मा अध्ययनरत १३ वर्षदेखि २० वर्ष उमेर समूहका विद्यार्थीले आवेदन दिनसक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिँदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड सन् २०१९ देखि ‘जुनियर’ र ‘सिनियर’ गरी दुई विधामा आयोजना गरिँदै आएको उनले बताए । विद्यालय तहका विद्यार्थीलाई खगोल विज्ञानमा रुचि जगाउने उद्देश्यले सोसाइटीले यो प्रतियोगितलाई निरन्तरता दिँदै आएको छ । यसअन्तर्गत कक्षा ८ देखि १० सम्मका विद्यार्थीले जुनियरमा र कक्षा ११ देखि १२ का विद्यार्थीले सिनियरमा आवेदन दिनसक्ने सोसाइटीले जनाएको छ ।
ओलम्पियाडको पहिलो चरणको छनोट परीक्षा प्रादेशिकरुपमा आयोजना गरिनेछ । आगामी माघ १३ गते शनिबार दिउँसो १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिने भएको छ । इच्छुक विद्यार्थीले पायकपर्ने सम्बन्धित प्रदेशका संयोजकलाई आवेदन फाराम बुझाउनसक्ने सोसाइटीका अध्यक्ष भट्टराईले बताए ।
पहिलो अर्थात् प्रदेश चरणमा गरेको प्रदर्शनका आधारमा दोस्रो अर्थात् राष्ट्रिय चरणमा सम्बन्धित प्रदेशका विद्यार्थीलाई सामेल गराइने भएको छ । दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइनेछ । तेस्रो चरणको मूल्याङ्कनमार्फत सहभागी विद्यार्थीलाई सन् २०२४ मा सञ्चालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलम्पियाडका लागि सिफारिस गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






