काठमाडौँ । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ५ जनाको नाम सर्ट लिष्टिङ गरिएको छ । बैंकले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि १९ जना आवेदकबाट ५ जनाको नाम सर्ट लिष्टिङ गरेको जनाएको छ ।
सर्ट लिष्टिङमा पर्नेमा अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त (भट्ट) रहेका छन् । उनीहरूको अन्तरवार्ता भने बुधवार पुस ४ गते हुने बताइएको छ । गत असोज २१ गते खुलाइएको आवेदनमा १९ जनाले आवेदन दिएका थिए ।
बैंकको सञ्चालक समितिबाट गठित छनौट उपसमितिले ५ जनालाई अन्तरवार्ताका लागि छनौट गरेको हो । नेपाल बैंकमा यसअघि कृष्ण बहादुर अधिकारी सीईओ थिए । अधिकारीको कार्यकाल असोजमा सकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






