काठमाडौँ । अभिनेता पूर्णविक्रम शाह उर्फ पल शाहको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा ब्रासलेट हराएको छ । महोत्सवमा शनिबार प्रस्तुति दिने क्रममा उनको करिब ३ तोलाको सुनको ब्रासलेट हराएको हो ।
महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरका अनुसार प्रस्तुतिका क्रममा फ्यानसँग हात मिलाउने सिलसिलामा ब्रासलेट झरेको हुन सक्ने बताए । ‘फ्यान कसैले निकाल्यो वा आफै खस्यो त्यो थाहा भएन’, कुँवरले भने ‘ब्रासलेट भने हराएको हो ।’ ब्रासलेट हराएपनि पलले फ्यानलाई भने दोष नदिएको उनको भनाइ छ । ‘ब्रासलेट हराएकोमा पलले कुनै दुख व्यक्त गरेका छैनन्’, कुँवर थपे ।
उद्योग वाणिज्य महासङ्घ कैलालीले आयोजना गरेको महोत्सव गत मंसिर २२ देखि नियमित चलिरहेको छ । पुस २ गतेसम्म चल्ने भनेर आयोजना भएको महोत्सव तीन दिन थप गरिएको छ ।
महोत्सवमा गायक प्रमोद खरेल, गायक रामजी खाँड, खेम सेन्च्युरी, पुष्कल शर्मा, हिमाल सागर, शान्तीश्री परियार, एलिना चौहान, प्रताप दास, रमेश राज भट्टराई, बबिता बानिया जेरी लगायत थुप्रै गायक गायिकाले प्रस्तुति दिइसकेका छन् । महोत्सवमा दैनिक करिब १ लाख बढी दर्शक हुने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गुमुखोला भ्याकुरे हाइड्रोपावरद्वारा ५ लाख कित्ता निष्काशनका बिक्री प्रबन्धक नियुक्त
- ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था
- आज ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- मादक पदार्थ सेवन गरेका चालकको ग्यास ट्यांकरले ई–रिक्सा ठक्कर दिँदा ९ जना घाइते
- भारतबाट शेख हसिनाको पत्रकार सम्मेलनप्रति बंगलादेशको कडा आपत्ति
- घर बनाउन सञ्चय कोष सुर्खेतले दियो ३५ करोड ऋण
- ‘ब्लू सर्ज - पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदारहरू स्वदेश फिर्ता
- नाट्टा निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा प्यानल घोषणा

ट्रेन्डिङ
खबरमुकाम






.jpeg)
