काठमाडौं । जाडोको मौसममा मेथीको साग अत्यधिक रुपमा खाने गरिन्छ । यस्तोमा मेथीको सागमा आइरन, प्रोटिन, फाइबर, म्याग्नेशियम तथा क्याल्सियम जस्ता कैयौं जरुरी पोषक तत्वहरु पाइन्छन् तर केही मानिसका लागि भने मेथीको साग समस्याको कारण बन्न सक्छ ।
आउनुहोस् जानौं कस्ता व्यक्तिले मेथीको सागको सेवन गर्नु हुँदैनः-
यसको अत्यधिक सेवन गर्नाले रगतमा सुगरको मात्रा धेरै हदसम्म घट्न सक्छ । जो मधुमेहका विरामीहरुका लागि खतरनाक सावित हुन सक्छ ।
मेथीले शरीरमा गर्मी गर्छ त्यसैले यसको धेरै सेवनले रक्तश्रावको समस्या हुन सक्छ । यस्तोमा गर्भवती महिलाहरुले यसको सेवन गर्नबाट बच्नु पर्दछ ।
जो व्यक्तिलाई पेटसँग जोडिएको समस्याहरु हुन्छ, त्यस्तो व्यक्तिले पनि मेथीको सागको सेवन गर्नबाट बच्नुपर्छ । यसले पेटमा ग्यास, सुन्निने तथा वाकवाकी जस्ता पाचन सम्बन्धी समस्याहरु पनि हुन सक्छन् ।
यदी तपाईंलाई कब्जियतको समस्या छ भने मेथीको साग सेवन गर्नबाट बच्नुपर्छ । यसले कब्जियत अझै बढाउन सक्छ ।
यदी तपाईं रक्तचापको औषधी खाइरहनु भएको छ भने, मेथीको साग खानबाट बच्नुपर्छ । मेथीमा सोडियमको मात्रा कम हुन्छ र यसले रक्तचाप एकदमै धेरै कम हुन सक्छ ।
मेथीको साग अत्यधिक सेवन गर्नाले एलर्जीको समस्या पनि हुन सक्छ । मेथीमा हुने यौगिक तत्वले कैयौं व्यक्तिमा एलर्जी हुने कारण बन्न सक्छ । यसले छाला पोल्ने, रातो हुने तथा कोरिएजस्तो हुने समस्या आउन सक्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






