मोबाइल फोन इम्पोर्टर्स एशोसियसन र बोन्जोइ ट्राभल प्रा.लिबीच सम्झौता

काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एशोसियसन र बोन्जोइ ट्राभल प्रा.लिबीच सम्झौता भएको छ  । 

मोबाइल फोन एशोसियसनका उपाध्यक्ष सञ्जय अग्रवाल र बन्जोइ ट्राभल प्रा.लि.का सि.इ.यो उपमा धितालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस समझदारीको मूख्य सरोकार MPIA का सरोकारवालाहरुका लागि यात्रा अनुभवलाई सावधानिपूर्वक परिष्कृत गर्दै उच्च बनाउनु हो ।

यो व्यवसायिक साझेदारी यात्रा सम्बन्धित सेवाहरुलाई व्यवस्थित गर्दै निर्वाध र समृद्ध यात्रा प्रदान गर्न व्यवस्था गरिएको हो । यी सेवाहरुमा झन्झट रहित टिकट सेवाहरु, दक्ष भिषा सहायता, विचारपूर्वक क्युरेट गरिएका टुर प्याकेजहरुका साथै विभिन्न सुविधाजनक होटल बुकिङहरु, प्रभावकारी यातायात समस्या समाधान, द्रुत प्राथमिक चेक इन सेवाहरु र व्यक्तिगत भेटघाट र अभिवादन सेवाहरु पर्दछन ।  

मोबाइल फोनका अध्यक्ष दिपक कुमार मलहोत्रा तथा उपाध्यक्ष सञ्जय अग्रवालले यस सहकार्यको बारेमा आफनो उत्साह व्यक्त गर्दै हाम्रा सरोकारवालाहरुसँग अनुपम सेवाहरु प्रदान गर्ने प्रतिवद्धता गर्दै  Bonjoy Travel Pvt Ltd सँग हात मिलाउन पाउँदा उत्साहित भएको बताए । 

उनीहरुले भने,‘यसले हाम्रा  Associate Companies, कर्मचारीहरु तथा ग्राहकवहरुका लागि यात्रा अनुभवलाई सरल बनाइ माथि उठाउने हाम्रो दृष्टिकोणलाई ठूलो साथ दिएको छ । MPIA  र बोन्जोइ ट्राभल प्रा.लि. दुबै एक फलदायी सहयोगका लागि तत्पर छन जसले निसन्देह संलग्न सबै सरोकारवालाहरुको लागि समग्र यात्रा अनुभव बढाउँदछ भन्ने विश्वास गरिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै