काठमाडौँ । स्वास्थ्यका लागि मेवालाई वरदान मान्न सकिन्छ । यसमा भिटामिन सी र पावर फुल एन्टिअक्सिडेन्ट भरिपूर्ण छ । पेटको स्वास्थ्यका लागि मेवालाई अति नै फाइदाजनक मान्न सकिन्छ । बिमारीबाट बच्न यो फल असरदार मानिन्छ ।
यसलाई काँचै पनि खान सकिन्छ । मेवा पोषक तत्त्वको खजाना नै हो भन्दा पनि हुन्छ । स्वास्थ्य अनलाइन हेल्थलाइनमा छापिएको एउटा रिपोर्टका अनुसार १५० ग्राम मेवामा ५९ क्यालोरी, १५ ग्राम कार्बोहाइड्रेट, ३ ग्राम फाइबर र १ ग्राम प्रोटिन पाइन्छ । यसमा भिटामिन सी, भिटामिन ए, फोलेट र पोटासियम राम्रै मात्रामा पाइन्छ ।
मेवामा एन्टिअक्सिडेन्ट्स पनि पाइन्छ । जसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । पेटको स्वास्थ्यका लागि मेवालाई रामवाण मानिन्छ । यसमा रहेको पपेन एन्जाइम प्रोटिनले पाचनमा मद्दत गर्छ । पारम्परिक चिकित्सामा मेवाको प्रयोग कब्जियत र इरिटेबल बाउल सिन्ड्रोमको उपचारमा प्रयोग गरिन्थ्यो । ४० दिनसम्म मेवा खाँदा कब्जियतलगायत समस्यामा राहत मिल्छ । यसले अल्सरको समस्याबाट पनि तपाईँलाई छुटकारा दिन सक्छ ।
लामो समयसम्म जवान देखिन मेवाको सेवन लाभकारी हुन सक्छ । अत्यधिक फ्री रेडिकल्सका कारण छालामा चाउरी आउन थाल्छ । छाला खुकुलो हुन थाल्छ । मेवामा रहेको भिटामिन सी र लाइकोपीनले छालाको रक्षा गर्छ । अनि उमेर ढल्किँदै गर्दा देखिने यस्ता लक्षणहरु घटाउन पनि मद्दत गर्छ । भोजनमा मेवा समावेश गर्दा मुटुको स्वास्थ्यलाई पनि टेवा मिल्छ । लाइकोपिनले क्यान्सरको जोखिम पनि घटाउँछ । क्यान्सरको उपचार भइरहेका मानिसहरूलाई पनि यसको सेवन लाभदायक हुने बताइन्छ ।
कयौँ अध्ययनका अनुसार मेवामा रहेको लाइकोपीन र भिटामिन सीले मुटुसम्बन्धी रोग रोक्न मद्दत गर्न सक्छ । मेवामा रहेको एन्टिअक्सिडेन्टले तपाईँको मुटुको रक्षा गर्छ अनि गुड कोलेस्ट्रोललाई बढाउँछ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







