काठमाडौं । अभिनेता पूर्णविक्रम शाह (पल)विरुद्धको बलात्कारको मुद्धामा सवर्नेच्च अदालतले निस्सा दिएको छ । नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसला सर्वोच्च अदालतले दोहोर्याएर हेर्ने भएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले विगतको फैसला लागु नर्गन आदेश जारी गरेको छ । उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले २०७९ को फागुन १४ गते सफाइ दिएकोमा उक्त फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।
उक्त रिट निवेदनको सुनुवाइ गर्दै मंसिर २२ गते सर्वोच्चका न्यायाधीशद्वय माथेमा र फुयालको इजलासले उच्च अदालतको फैसला दोहोर्याएर हेर्न अनुमति दिएको छ । सरकारी वकिलको कार्यालयले सर्वोच्चमा मुद्धा दोहोर्याएर हेर्न पाउँ भनी दिएको निवेदनमा शाहको मुद्दामा प्रमाणको मुल्यांकन राम्रोसँग नगरेको, कानुनहरूको व्याख्या त्रुटीपूर्ण तरिकाले गरेको र नाबालिग बलात्कारका मुद्दामा सर्वोच्च अदालते प्रतिपादन गरेका सिद्धान्तको प्रतिकुल हुने गरी सफाइ दिएको जिकिर गरिएको थियो ।
शाहले म्युजिक भिडियो छायाँकनका क्रममा बलात्कार गरेको भन्दै पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् ।
पछि विभिन्न युट्युवरहरु लगायतको पहलमा पीडित बालिका र उनको परिवारले बयान फेर्दै शाहले जबरजस्ती करणी नगरेको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






