काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ३० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । आज उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाणलाई धरौटीमा छोड्न आदेश दिएको हो ।
न्यायाधीश कोइरालाले यसअघि १५ मंसिरमा न्यायाधीश जनक पाण्डेले दिएको आदेशलाई सदर गर्दै खाणलाई धरौटीमा छोड्न आदेश दिएका छन् । पूर्वगृहमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे १५ मंसिरमा उच्च अदालतको संयुक्त इजलासमा दुईजना न्यायाधीशहरू पाण्डे र प्रकाश खरेलको राय बाझिएको थियो ।
त्यसपछि यसको छिनोफानो तेस्रो न्यायाधीशको इजालसमा गर्ने निर्णयअनुसार बिहीबार अन्तिम सुनुवाइ भएको हो । १५ मंसिरमा न्यायाधीश पाण्डेले ३० लाख रुपैयाँ धरौटी, जमानत वा बैंक जमानत लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका थिए। त्यही आदेशलाई कोइरालाको इजलासले पनि सदर गरिदिएको हो ।
उक्त मुद्धामा सुक्ष्म तवरबाट अध्ययन गर्दै आएका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले अदालतको आदेश सकारात्मक आएको बताए । हाललाई धरौटीमा छोडिए पनि यो नै अन्तिम आदेश नभएको र धरौटीमा बाहिर राखेर पनि पुर्पक्ष हुने भएकोले अदालतको आदेशलाई सकारात्मक मान्नु पर्ने उनको भनाइ छ ।
अन्तिम फैसला आउने बेला सम्ममा दोषी ठहरिए कानूनी सजायबाट उन्मुक्ति नपाउने र दोषी ठहर नभएमा सफाइ दिने विद्यमान कानूनी व्यवस्था भएकोले उच्च अदालतको आदेशको सम्मान गर्नु पर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







