बारा । सिम्रौनगढ नगरपालिका–६ स्थित सिम्रौनगढ नगरपालिकाको कार्यालयमा बुधबार ढुंगामुढा हुँदा घाइते भएका सोही नगरपालिका–१ रामसागराघाट बस्ने २५ वर्षीय लक्ष्मी मुखियाको उपचारको क्रममा मृत्यु भएको छ ।
उक्त नगरपालिकाका करारका कर्मचारीहरू समेतका केही व्यक्तिहरूले ढुङ्गामुढा गर्दा नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने बा.२ झ ४३५४ नम्बरको गाडीको सिसा र नगरपालिका कार्यालयको झ्यालका सिसाहरू फुटाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिम्रौनगढ लगायतका युनिटहरूबाट प्रहरी टोली खटी गएको थियो । उनीहरूलाई सम्झाई बुझाई गर्ने क्रममा आक्रोसित भिडले एक्कासि ढुङ्गामुढा गर्दा प्रहरी निरीक्षकसहित १४ जना घाइते भएपछि प्रहरीको तर्फबाट स्थितिलाई नियन्त्रणमा लिनका लागि हवाई फायर समेत भएको थियो ।
सो क्रममा घाइते भएका मुखियाको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो भने घाइते प्रहरी कर्मचारीहरू कलैया अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






