काठमाडौं । धनियाँको चटनीको स्वाद त तपाईं सधैं खाइरहनु भएको छ र मन पनि पर्छ । तर तपाईंले कहिल्यै मेथीको चटनी बनाएर खानु भएको छ ? मेथी दाना स्वादमा तितो हुन्छ । त्यसैले सुन्दा यसको चटनी खासै स्वादिष्ट हुँदैन जस्तो लाग्न सक्छ । तर एकपटक बनाएर खानुभयो भने तपाईं सधैं बनाउनुहुनेछ ।
यो चटनीले तपाईंका पेटका धेरै समस्याहरुबाट मुक्त गराउनेछ । ग्यास, कब्जियत आदिमा यसको सेवन गर्न सकिन्छ । मेथी दानाको चटनी वास्तवमै एकदमै स्वादिष्ट हुन्छ । एकपटक अवश्य बनाएर खानुपर्दछ । आउनुहोस् जानौं बनाउने तरिका–
सबैभन्दा पहिला मेथी दानालाई एउटा कचौरामा पानीमा एक घण्टाका लागि भिजाएर राख्नुहोस् । यसले तितोपन निस्कन्छ र मेथी भिजेर मुलायम हुन्छ ।
त्यसपछि ग्यासमा एउटा प्यान राख्नुहोस् र यसमा दुई चम्चा तोरीको तेल राखेर तताउनुहोस् र यसमा जिरा, अदुवा तथा सोंफ रोखेर भुट्नुहोस् ।
जब वासना आउन थाल्छ त्यसमा भिजेको मेथी दानालाई पानी तारेर राख्नुहोस् । २–३ मिनेटसम्म यसलाई चलाएर भुट्नुहोस् । त्यसपछि रातो खुर्सानी, कालो मरिच, बेसार, गुडका साना टुक्रा तथा चिनी राखेर मिसाउनुहोस् ।
अब यसलाई त्यतिबेलासम्म पकाउनुहोस् जबसम्म चिनी र गुड पूर्ण रुपमा पग्लिन्छ । तपाईंको चटनी तयार भइसकेको छ । यसलाई फ्रिजमा स्टोर गरेर एक हप्तासम्म सेवन गर्न सकिन्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






