मुकाम डेस्क । काठमाडौं महानगरपालिकाको २५ औं नगर कार्यपालिका बैठकमा वडा नम्बर– २३ का वडाध्यक्ष मचाराजा महर्जनलेले नगर प्रहरी सुरक्षाका लागि खुकुरी दिन सल्लाह दिएका छन् ।
शुक्रबार बसेको २५ औं नगर कार्यपालिका बैठकमा वडा नम्बर- २३ का वडाध्यक्ष मचाराजा महर्जनले महानगर प्रहरी सुरक्षाका लागि उनीहरूलाई राष्ट्रिय हतियार खुकुरी दिन प्रस्तावको रूपमा सल्लाह दिएका हुन् ।
मंसिर १७ गते बसन्तपुरमा नगर प्रहरीमाथि हातपात भएपछि उनले उक्त प्रस्ताव कार्यपालिका बैठकमा पेश गरेका थिए ।
'हाम्रो निर्देशनअनुसार जिम्मेवारी पूरा गर्दा नगर प्रहरीमाथि हातपात गरी कुटपिट भएको छ,' शुक्रबार बसेको नगरकार्यपालिका बैठकमा वडाअध्यक्ष महर्जनले भनेका थिए, 'केही दिनअघि मात्र उहाँलाई डिस्चार्ज गरिएको छ । अहिले उपचारको क्रममा घरमै हुनुहुन्छ ।'
नगर प्रहरीमाथि घटना घट्दा पनि प्रशासनले जिम्मेवारी नलिएको उनको आरोप थियो ।
सोही क्रममा वडाध्यक्षले मेयर बालेनलाई बैठकमै प्रस्तावको रूपमा सल्लाह समेत दिएका थिए ।
'नगर प्रहरीले आफ्नो सुरक्षाका लागि कमसेकम राष्ट्रिय हतियार एउटा खुकुरी राख्न पाउँछ कि पाउँदैन?,' उनले अगाडि प्रश्न गर्दै भने, 'खुकुरी राख्ने व्यवस्थापन गर्न सकिन्छ कि सकिँदैन ? अहिले जुन अराजक घटना घटेको छ, कुनै हतियार दिँदा उसको सुरक्षा हुन्छ ।'
सोही बेला महानगरपालिकाका मेयर बालेन शाहले नगर प्रहरी सुशासनको लागि भएको र नगर प्रहरीले धेरैमा ट्राफिक प्रहरीसम्मको जिम्मेवारी बहन गर्न सक्ने बताए ।
'हतियार बोक्ने, अपराध अनुसन्धान गर्ने काम नगर प्रहरीकोमा पर्दैन,' वडाध्यक्षलाई जवाफ दिँदै मेयर बालेनले भने, 'नगर प्रहरीको सुरक्षा नेपाल प्रहरीले गर्नुपर्छ भन्ने बुझाइसम्म ठीकै छ।'
यस्तै, यस विषयमा थप नेपाल प्रहरीसँग कुरा गरेर अन्य केही उपाय लगाउने मेयर बालेनले कार्यपालिका बैठकमा बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारविरुद्ध मोर्चाबन्दीमा विपक्षी दलहरु
- त्रिविका पदाधिकारीहरुद्वारा सामूहिक राजीनामा
- मनोहरा नदीको ११५ रोपनी जग्गा व्यवस्थापनमा डंगोलको परामर्श
- एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई ट्यांकी र पम्प प्रदान
- फोटोन नेपालले CADA चितवन अटो शो २०२६ मा विशेष कमर्शियल मोबिलिटी अफर उपलब्ध गराउँदै
- काठमाडौं मेरियट होटलले मनायो ऐतिहासिक वार्षिकोत्सव
- दुर्गम क्षेत्रम नेपाल टेलिकमको भीस्याट र अन्य प्रविधिमार्फत सेवा
- मीनप्रकाश ओलीको राष्ट्रभक्तिमा समर्पित ‘के भयो भयो जगतमा’


ट्रेन्डिङ
खबरमुकाम







