काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल मानवअधिकारको विश्वव्यापी घोषणा भएको ७५ वर्ष पुगेका अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा सहभागी भएका छन् ।
सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संसदीय समितिका सभापति, सांसद, संवैधानिक आयोगका प्रमुख एवं पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि र नेपाल सरकारका विशिष्ट कर्मचारीको उपस्थिति थियो । कार्यक्रममा ‘नेपालको मानवअधिकार यात्रा’ सम्बन्धी वृत्तचित्रको प्रदर्शनी गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- 'नमूना लन्डन ब्रिज' दर्शकको आकर्षण
- विराट एक्स्पोमा विदेशी स्टलदेखि ‘फिस टनेल’सम्म आकर्षण
- नटेक अलायन्स नेपाल नेपाल फिनटेक एक्स्पो २०२६ आयोजना गर्ने घोषणा
- नेपाल लाइफको बोनस दर सार्वजनिकः विषम परिस्थितिमा पनि बोनस दर स्थिर राख्न सफल
- दराजद्वारा बृहत बचत तथा आकर्षक उपहारसहित १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा
- विश्व प्रसिद्ध क्यामेल ब्रान्डका लिथियम आयोन ब्याट्री भित्र्याउँदै सत्यदिप इन्टरनेसनल
- नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
- इलाममा सन नेपाल लाइफको हरित योगदान- एक हजार बिरुवासहित अभियान (फोटो फिचर)


ट्रेन्डिङ
खबरमुकाम









