काठमाडौंं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एउटा काण्ड सेलाउन नपाउँदै अर्को देखिन थालेको बताएका छन् । आज आइतबार सानेपामा कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’को लोकार्पण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
थापाले आफ्नो पार्टीले सरकार चलाउँदा कुशासन किन भएको छ ? भन्दै प्रश्नसमेत उठाएका छन् । “पछिल्लो समय हामी को हौँ ? आज हामी सरकारमा छौँ, कुशासन छ । नागरिक कुशासनले आजित छन् । एउटा काण्ड सेलाउन नपाउँदै अर्को आउँछ,” उनले भने, “सुशासनका लागि जन्मेको पार्टी हो, हामीले सरकार चलाउँदा कुशासन किन भएको छ ? जरा कहाँ छ ?”
उनले पार्टीमा फरक शैलीबाट काम गर्नुपर्ने आवश्यकता औँल्याए । पार्टी क्यालेन्डरअनुसार नै काम गरिने उनको भनाइ छ ।
“पार्टी फरक आईडी हो भने त्यसानुसार काम गर्नुपर्छ । जाजरकोट भूकम्प र एक हजार घर बनाउने, महासमिति बैठक तयारीलगायत विषयले क्यालेन्डरअनुसार काम हुन सकेन । क्यालेन्डर रिभाइज गर्दै छौँ,” उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







