मुकाम डेस्क । चिसो बढेसगै खुम्बु क्षेत्रबाट फर्किने पर्यटकहरुको संख्या बढ्न थालेको छ । तापक्रम निरन्तर घटेसँगै खुम्बु भ्रमणका लागि आएका पर्यटकहरु फर्किने क्रम बाक्लिएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।
दुई दिनमा करिब २ सय जना पर्यटक बाहिरिदा त्यसको आधा जतिमात्रै खुम्बु भित्रिएको प्राधिकरणले जनाएको छ । खुम्बुबाट फर्किने मानिसहरुको चाप बढेसँगै हवाई जहाजको टिकट काउन्टरहरुमा टिकट लिनेहरुको चाप बढेको बताइएको छ ।
काठमाण्डौबाट आउनेहरु न्यून भएपनि लुक्लाबाट फर्किनेहरु भने उल्लेखनिय रहेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । यस्तै हेलिकप्टर मार्फत पनि पर्यटकहरु फर्किरहेका छन् ।
यस सिजनमा खुम्बु भ्रमण गर्नेहरु बढी जसो बिदेशीहरु नै भएकाले विमानस्थलमा काठमाण्डौ फर्किनेहरु अधिकांश विदेशी नागरिकहरु नै रहेको प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



ट्रेन्डिङ
खबरमुकाम







