मुकाम डेस्क । नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन सार्न पार्टीका नेताहरू सहमत भएका छन् । सोमवार केन्द्रीय कार्यालय, काठमाडौंमा शुरू भएको ६९ औँ सचिवालय बैठकमा नेताहरू महाधिवेशन सार्न सहमत भएका हुन् ।
जाजरकोट भूकम्पका पीडितहरूको पुनर्स्थापना र राष्ट्रियसभा निर्वाचनमा लाग्नुपर्ने भएकाले महाधिवेशन सार्न नेताहरू सहमत भएको बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
नयाँ मितिबारे भने आज निर्णय हुनेछ । ‘महाधिवेशन सार्न सबै नेता सहमत हुनुभयो । मितिबारे मंगलवार निर्णय हुनेछ,’ उनले भने ।
यसअघि एकीकृत समाजवादीले आगामी १४–१८ माघका लागि महाधिवेशनको मिति तय गरेको थियो । आगामी माघमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा दल दर्ता गर्ने एकमात्र निर्णय सोमवारको बैठकले गरेको उनले बताए ।
खतिवडाले महाधिवेशनको विषयलाई लिएर पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच कुनै विमति नरहेको स्पष्ट पारे ।
एकीकृत समाजवादीको मंगलवार बिहान ११ बजेबाट फेरि बैठक बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने



ट्रेन्डिङ
खबरमुकाम






