मुकाम डेस्क । परराष्ट्र मन्त्रालयले रूसी सेनामा कार्यरत ६ जना नेपाली नागरिकको मृत्यु भएको स्विकारेको छ । सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले ६ नेपाली नागरिकको मृत्यु भएको जानकारी प्राप्त भएको स्विकारेको हो ।
‘रूसमा हालै ६ जना नेपाली नागरिकहरूको रूसी सेनामा कार्यरत रहँदा निधन भएको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रूसी सेनामा कार्यरत रहँदा मृत्यु भएकाहरूको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारले पहल गरिरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘नेपाल सरकारले रूसी सरकारलाई निजहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन अनुरोध गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयका अनुसार गोरखाका सन्दिप थपलिया, बाणगंगा १ कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाको पुतलीबजार ५ का पितम कार्की, मेलुङ्ग ६ दोलखाका राजकुमार रोका र इलाम ५ का गंगाराज मोक्तानको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै सरकारले नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नगर्न र भर्ना गरेको भए तत्काल नेपाल फर्काउन पनि रूसी सरकारलाई आग्रह गरेको छ ।
रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा पनि कुटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सरकारी कामकाज, रुसी सरकारको छात्रवृति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग त्रिपुरेश्वरबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्न मन्त्रालयले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







