काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सको सेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ ।
कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएको भन्दै नेप्सेले सेयर कारोबार स्थगित गरिदिएको हो ।
‘
धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ (१) मा भएको व्यवस्थाबमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी वा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था रहेकाले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकाले विनियमावलीको विनियम १६ (१) (ख)मा भएको व्यवस्थाअनुरुप २०८० साल मंसिर १८ को निर्णायअनुसार धितोपत्र कारोबार स्थगन गरिएको छ,” नेप्सेले तारागाउँलाई पठाएको पत्रमा भनिएको छ ।
पत्र प्राप्त भएको मितिले तीन कार्यदिनभित्र के-कति कारणबाट समयमै जानकारी दिन नसकेको हो सो सम्बन्धमा स्पष्टीकरण पेस गर्नसमेत नेप्सेले निर्देशन दिएको छ ।
तारागाउँ रिजेन्सी होटल्सको शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणासम्बन्धी निर्णय गरेको थियो । कम्पनीले सो निर्णय आइतबार बेलुका ५:१५ बजेमात्रै जानकारी गराएको नेप्सेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






