नयाँ दिल्ली । कमेडियन कपिल शर्मा र सुनिल ग्रोवर नेटफ्लिक्सको अपकमिङ शोमा सँगै देखिने भएका छन् ।
यी दुईबीच वर्षौदेखि चलिरहेको झगडा अब समाप्त भएपछि आफ्नो पुरानो टिमसँग पुनः साथसाथ नयाँ शोमा आउन लागेका हुन् ।
दुबैका फ्यानहरूका लागि यो निकै खुसीको खबर हो । गएको ६ वर्षदेखि यी दुईबिच झगडा चलिरहेको थियो । दुवैले कपिल शर्मा शोमा सँगै काम गरेका थिए । तर एउटा झगडाका कारण दुवैको सम्बन्ध बिग्रिएको थियो ।
नेटफ्लिक्सले यो खबरलाई औपचारिक रुपमा शेयर गरेको छ । एउटा भिडियोमा कपिलको साथमा सुनिल देखिएका छन् । भिडियोको शुरुआतमा दुवैले फरक अन्दाजमा इन्ट्रोडोक्शन दिएका छन् । फ्यानहरूलाई नयाँ प्रोजेक्ट आउन लागेको सन्देश दिएका छन् । कुराकानी गर्ने क्रममा हामी १९० भन्दा धेरै देशमा आउने वाला छौं भनेर कपिलले भनेका छन् ।
त्यसको उत्तरमा सुनिलले चाँहि हामी अस्ट्रेलिया जाँदैनौ भन्छन् । तर कपिलले होइन अस्ट्रेलिया त जाने हो, त्यहाँ मानिसहरू हामीलाई कुरिरहेका छन् भन्छन् । यो सुनेर सुनिलले एउटा शर्त राख्छन्, हवाईजहाजबाट होइन, सडक भएर जाने । शोमा यी दुईको साथमा राजीव ठाकुर, किकु शारदा, अर्चना पूरन सिंह र कृष्णा अभिषेक पनि देखिदैंछन् ।
कपिल र सुनिलबीच ६ वर्षअघि अष्ट्रेलियाबाट फर्किने क्रममा फ्लाइटमा झगडा भएको थियो । ह्विस्कीको पूरै बोतल सिध्याएर बसेका कपिलले नशाको तालमा कपिल शर्मा शोका अन्य सदस्यहरूसँग दूर्व्यवहार गरेका थिए । सुनिलले सम्झाउन खोज्दा उल्टै उनलाई जुत्ताले हानेर तथानाम गाली गरेका थिए । कपिल शर्मा शो भनेर पूरै शोलाई कपिलको नाम दिइएको भएपनि सुनिल शोका महत्त्वपूर्ण हिस्सा थिए । सुनिलले निर्वाह गरेका गुत्थी, डाक्टर मशहुर गुलाटीजस्ता पात्रहरु निकै चर्चित र लोकप्रिय बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






