मनिला । फिलिपिन्सको दक्षिणी प्रान्त लानाओ डेल सुरमा रहेको मिन्डानाओ स्टेट विश्वविद्यालयको एउटा जिमभित्र आइतबार बिहान विस्फोट हुँदा कम्तीमा चारको मृत्यु र अन्य ५० जना घाइते भएको स्थानीय सेना र प्रहरीले बताएका छन् ।
सेनाको प्रथम इन्फेन्ट्री डिभिजनका कमान्डर मेजर जनरल गेब्रियल विरेले मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेको जानकारी दिए । स्थानीय प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजे विद्यार्थी र शिक्षक जिमभित्र क्याथोलिक प्रार्थना सभाका लागि जम्मा हुँदा विस्फोट भएको थियो ।
प्रहरीले विस्फोटमा प्रयोग गरिएको उपकरणको जाँच गरिरहेको जनाएको छ । मिन्डानाओ स्टेट विश्वविद्यालयले उक्त संवेदनहीन र भयावह कृत्यको निन्दा गर्दै घटनाबाट अत्यन्त दुःखी र स्तब्ध भएको जनाएको छ ।
विश्वविद्यालयले अर्को सूचना नभएसम्म कक्षाहरू स्थगित गर्नेसमेत निर्णय गरेको छ । साथै मरावी सहरस्थित विश्वविद्यालय परिसरको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको छ । यो सहर राजधानी र मिन्डानाओ द्वीपमा लानाओ डेल सुरको सबैभन्दा ठूलो सहर हो ।
सन् २०१७ मा स्थानीय आतङ्कवादीहरूले इस्लामिक स्टेटलाई समर्थन गरेको दाबी गरेका थिए । इस्लामिक स्टेटमा अबु सय्यफ समूहको एउटा गुट, माउते समूह र अन्य समावेश छन् । उनीहरूले उक्त सहरलाई पाँच महिनासम्म कब्जा गरेका थिए । कब्जा गर्ने क्रममा एक हजार दुई सयभन्दा बढीको मृत्यु भएको थियो भने हजारौँ बासिन्दा विस्थापित भएका थिए । साथै सहरका धेरै भाग ध्वस्त भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







