काठमाडौँ । आज साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक सात दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ५१ दशमलव २३ को बिन्दुमा सीमित भएको छ ।
आज विभिन्न दुई सय ९३ कम्पनीका ३४ लाख १९ हजार ७३ कित्ता शेयर ३६ हजार नौ सय ७७ पटक खरिदबिक्री हुँदा रू ९६ करोड ४० लाख १० हजार चार सय ३१ बराबरको कारोबार भएको छ ।
लघुवित्त समूहमा शून्य दशमलव ०६ प्रतिशतको वृद्धि देखिएको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै म्युचुअल फन्ड समूह एक दशमलव २५ र वित्त समूह शून्य दशमलव ५५ प्रतिशतले घटेको छ ।
सबैभन्दा धेरै थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ६३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल लिमिटेड र युनाईटेड आइडिआई मर्दी आरबी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू छ करोड ९५ लाख २९ हजार दुई सय ७० बराबरको दुई लाख ३६ हजार सात सय ८८ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






