क्यानबेरा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना अष्ट्रेलियाली समकक्षी सी लिन्ससँग भेटवार्ता गरेका छन् ।
अष्ट्रेलियाको संसदमा आज भएको भेटमा उनीहरुबीच नेपाल –अष्ट्रेलिया विद्यमान संरचनाका साथै द्विपक्षीय भ्रमण आदानप्रदानबारे छलफल भएको क्याबेरास्थित नेपाली राजदूतावासले जनाएको छ । उनीहरुले दुई देशबीचको समबन्ध सुमधुर रहेकामा हर्ष प्रकट गरे ।
दुवै देशका सभाध्यक्षले संसदीय अभ्यास र सङ्घीय संसद्का गतिविधिबारे पनि छलफल गरेका थिए । त्यस अवसरमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलको पनि उपस्थिति थियो । अध्यक्ष तिमिल्सिना यही मङ्सिर ११ गते उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अष्ट्रेलिया प्रस्थान गरेका थिए ।
उनी नेतृत्वको प्रतिनिधिमण्डलले त्यहाँको संसदीय परिषद्का अध्यक्ष बेन फ्रेङ्कलिन, न्यू साउथवेल्सका विधानसभा सभामुख ग्रेग पाइपरसँग बेग्लाबेग्लै भेटवार्ता गरेको थियो । अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलले भिक्टोरियाको संसदको भ्रमण गर्ने कार्यक्रम छ ।
प्रतिनिधिमण्डलमा तीन वटा प्रदेशका सभामुख र चार वटा प्रदेशका उपसभामुख, राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष, राष्ट्रिय समावेशी आयोगका सदस्य, सङ्घीय संसद् सचिवालयका कर्मचारीहरु छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






