काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अन्य दलमा अवसर नपाएका गलत प्रवृत्तिका केही व्यक्ति पार्टीमा आएको स्वीकार गरेका छन् । साथै उनले त्यस्ता केही व्यक्तिका कारण पार्टीमा समस्या ल्याउन सक्ने खतरासमेत बढेको उल्लेख गरेका छन् ।
महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय बैठकमा बुधबार राजनीतिक प्रतिवेदन पेश गरेका उनले रास्वपमा अन्य दलबाट प्रवेश गर्ने अधिकांश असल, निष्ठावान र इमान्दार भएपनि केही व्यक्ति भने गलत प्रवृत्तिका रहेको बताए ।
गलत प्रवृत्ति बोकेर आएकाहरुले पार्टी पङ्तिलाई दबाब र प्रभावमा पार्न सक्ने उनको तर्क छ । ‘केही पूर्व पार्टीकै गलत प्रवृत्ति बोकेर आएको देखिन्छ । फरक राजनीतिक संस्कार र संस्कृतिको पक्षपाती हामीलाई तीमध्ये खराबहरूले क्रमशः दबाब र प्रभावमा पनि पार्न सक्ने देखिन्छ’, रविले प्रतिवेदनमा भनेका छन् ।
अरु दलमा उचित स्थान नपाएर, स्वार्थ पूरा हुने नदेखेर रास्वपामा अवसरका लागि प्रवेश गर्नेप्रति सचेत हुन उनले पार्टीपङ्तिलाई आग्रह पनि गरेका छन् ।
पार्टीमा राम्रा मान्छेलाई आउन नदिने कोसिस दलभित्रैबाट भएको आशंका पनि उनको छ । उनले त्यसका लागि प्राइमरी विधिको दुरुपयोग समेत हुनसक्ने जोखिम औंल्याएका छन् । असल व्यक्तिहरु पार्टीमा भित्र्याउन रास्वपा थप खुला हुनुपर्ने लामिछानेको प्रतिवेदनमा उल्लेख छ । ‘राम्रो टिम बनाउने बहानामा फउल खेल्ने खेलाडीलाई भित्र्याउन सकिन्न’ उनले भनेका छन् ।
पुराना दलको प्रवृत्तिलाई आफ्नो पार्टीमा निषेध गर्नुपर्ने र ती पार्टीभित्र निषेध गरिएका असल व्यक्तिलाई पार्टीमा ल्याउनुपर्ने लामिछानेको भनाइ छ । इमान्दार व्यक्ति पार्टीमा भित्र्याउन लिडरसीप एकेडेमी र उम्मेदवार क्लबको अवधारणा उनले अघि सारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने



ट्रेन्डिङ
खबरमुकाम






