काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । आयोगको बुधबार बसेको बैठकले आयोगका प्रमुख आयुक्त र आयुक्तले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो ।
प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कर्मचारीमध्ये सचिव र सहसचिवबाट तीन, उपसचिव र शाखा अधिकृतबाट दुई र सोभन्दा तलका कर्मचारीबाट एक दिन बराबरको पारश्रमिक सहयोग गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । भूकम्पपीडितको राहत र पुनःस्थापनका उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पठाइने उनले बताए ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको थियो । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने



ट्रेन्डिङ
खबरमुकाम






