काठमाडौँ । जीविकोपार्जनका पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना तथा होटेल सङ्घ नेपाल कोशी प्रदेशको सहकार्यमा झापामा साना तथा मझौला होटेल व्यवसायीका लागि तीन दिने होटेल व्यवसाय सम्बन्धी तालिम सम्पन्न भएको छ ।
पूर्व क्षेत्रका साना तथा मझौला होटेलका ३० जना होटेल व्यवसायीहरूको सहभागिता रहेको तालिममा वरिष्ठ प्रशिक्षक सूर्यकिरण श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
तालिम समापनका अवसरमा बोल्दै होटेल सङ्घ नेपाल (हान) कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठले तालिमले साना तथा मझौला होटेल व्यवसायीहरूको क्षमता अभिवृद्धि सहयोग पुग्ने बताए । होटेल व्यवसायमा आतिथ्यता महत्त्वपूर्ण विषय भएको बताउँदै तालिमपछि सञ्चालकहरूले आ–आफ्ना होटलहरुमा आतिथ्यता सेवालाई थप सुधार गर्ने अपेक्षा गरिएको बताए ।
नेपाल पर्यटन बोर्डका प्रबन्धक तथा एसटीएलआरपी परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा यो तालीम आयोजना गरिएको बताउँदै यसले साना तथा मझौला होटेल व्यवसायीहरूको क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको बताइन् ।
उनले नेपालको समग्र पर्यटनलाई चलायमान बनाउन साना तथा मझौला होटेल व्यवसायीहरूको समेत ठुलो भूमिका रहेको बताउँदै यस क्षेत्रमा सहभागी जनशक्तिको क्षमता अभिवृद्धि गर्दै लैजानुपर्ने बताइन् ।
होटेल व्यवसायी सङ्घ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठले यो तालिमबाट व्यवसायीहरूले धेरै कुरा सिकेको उल्लेख गर्दै तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्न आग्रह गरिन् ।
पर्यटन परियोजना (एसटीएलआरपी) का जीविकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले पर्यटन क्षेत्रको विभिन्न क्षेत्रमा जनशक्ति उत्पादन तथा भएका जनशक्तिको क्षमता अभिवृद्धिमा काम गरिरहेको सन्दर्भमा हानसँगको सहकार्यमा झापामा तालिम सञ्चालन गरिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम






