काठमाडौँ । जिल्ला अस्पताल लमजुङमा उपचारका क्रममा आमा र शिशुको मृत्यु भएपछि परिवारले अस्पतालमा प्रदर्शन गरेका छन् ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ पामचोककी २६ वर्षीया शोभा विकको उपचारको क्रममा मृत शिशु जन्मिएको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि परिवारले प्रदर्शन गरेका हुन् ।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष, अस्पताल प्रशासन प्रमुख, मृतकका आफन्त र प्रशासनबिच छलफलमा चलिरहेको छ । पीडित पक्ष र अस्पतालबिचको छलफल अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।
‘बिहानदेखी नै दुबै पक्षबीच छलफल भइराखेको छ । छानबिन समिति गठन गरेर जाने गरी दुबै पक्ष सहमति नजिक पुगेका छन् । छानबिन गरेर दोषीलाई कारवाही गर्ने गरी समिति बनाएर अगाडि बढ्छौ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






