काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।
देउवाको निवास धुम्बाराहीमा आज दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको हो । तेस्रोपटक म्याद सरेर पुसको १६ गतेबाट सुरु हुन लागेको पार्टीको महासमिति बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको हो ।
बैठकमा महासमिति बैठकको तयारी, विभाग गठनलगायत विषयमा छलफल हुने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
कांग्रेस महासमिति बैठक मंसिर १३–१५ सम्म बस्ने केन्द्रीय समितिको निर्णय थियो। तर पछि केन्द्रीय कार्यसम्पादन बैठकले महासमिति बैठक मंसिर २९ मा सार्ने निर्णय गरेको थियो । पछि विभिन्न कारण देखाउँदै महासमिति बैठक पुस १६ देखि १९ सम्म हुने कांग्रेसले सूचनामार्फत जनाएको थियो । कात्तिक १७ गते जाजरकोट केन्द्र भई भूकम्प गएपछि कांग्रेसले नेता कार्यकर्ता राहत तथा पुनर्निमाणमा जुट्नुपर्ने भन्दै महासमिति बैठक सारिएको थियो ।
कांग्रेसले महासमिति बैठकका लागि नीतिगत प्रस्ताव उपसभापति पूर्णबहादुर खड्का, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापा र समसामयिक राजनीतिक प्रतिवेदन महामन्त्री विश्वप्रकाश शर्माले तयार गर्ने जिम्मा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






