काठमाडौं । दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच गौशालामा सामान्य झडप भएको छ ।
प्रदर्शनकारीले सोमबार गौशालाको मूल सडकमा अवरोध गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो ।
नागरिक बचाऊ अभियानअन्तर्गतको आन्दोलनमा प्रसाईंले आज धार्मिक अगुवालाई उतारेका छन् । धर्म गुरु परिवारको आव्हानमा श्रीनिवास आचार्यसहित आन्दोलनमा निस्किएका थिए । उनीहरूले सडकमै सुतेर विरोध जनाएपछि प्रहरीले त्यहाँबाट हटाउन बल प्रयोग गरेको थियो ।
त्यस्तै बाहिर जिल्लाबाट आएका लघुवित्तरसहकारीका ऋणीहरू पनि विरोध प्रदर्शनमा उत्रिएका छन् । आन्दोलन पाँचौ दिनमा आइपुग्दा अधिकांश घर फर्किसकेकाले प्रदर्शनकारीको संख्या घट्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






