काठमाडौँ । गत मंसिर ६ गते नेपालमै पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट सेयर बिक्री भएको सर्वोत्तम सिमेन्टको कटअफ प्राइस ४०१ कायम भएको छ ।
कम्पनीको सेयरमा ४१ योग्य संस्थागत लगानीकर्ताले सहभागिता जनाएका थिए। कम्पनीले संस्थागत योग्य लगानीकर्ताको लागि २४ लाख कित्ता सेयर जारी गरिरहेको हो ।
अब सर्वसाधारणलाई कम्पनीले प्रतिकित्ता सेयर ३ सय ६० रूपैयाँ ९० पैसाको दरमा बिक्री गर्नेछ । संस्थागत योग्य लगानीकर्ताहरूले गर्ने बोलकबोलमा निस्किने कट अफ प्राइसभन्दा १० प्रतिशतले कम मूल्य राखेर दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरिन्छ ।
यही कारण सर्वसाधारणले ३ सय ६० रूपैयाँ ९० पैसामा सेयर पाउने भएका हुन्। सर्वसाधारणमा ३६ लाख कित्ता सेयर जारी हुनेछ ।
सुरूमा मूल्य निर्धारणको लागि कम्पनीले ५ सय १ देखि ७ सय ५१ रूपैयाँ ५० पैसा मूल्य कोट गरेको थियो। त्यसमा भएको बोलकबोलबाट ४ सय १ देखि ६ सय १ रूपैयाँसम्म निर्धारण भएको हो ।
सो समय गरिएको मूल्य निर्धारणको आधारमा पुनः योग्य संस्थागत लगानीकर्तामा सेयर जारी गरिन्छ। यो पटक भने यस्ता लगानीकर्ताले तोकेको मूल्यमै सेयर लिनुपर्छ ।
कम्पनीले जारी गर्न लागेको कुल ६० लाख कित्ता सेयरको ४० प्रतिशत सेयर यसरी संस्थागत योग्य लगानीकर्तामा बिक्री गरेको हो ।
कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ। इक्रा नेपालले कम्पनीलाई 'ट्रिपल बी' रेटिङ दिएको छ ।
कम्पनीले सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आएको छ। सुरूवातमा वार्षिक ४ लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने जडान गरिएकोमा हाल हाल कम्पनीबाट वार्षिक करिब एक करोड टन सिमेन्ट उत्पादन भइरहेको छ ।
शौरभ समूहको मुख्य लगानीमा रहेको कम्पनीको नवलपरासीमा उद्योग सञ्चालनमा छ। कम्पनीले सर्वोत्तमको नामबाट ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीले १३ सय डिलर्स मार्फत् सिमेन्ट बिक्री गरिरहेको छ।
कम्पनीले केही महिना अघि मात्रै आवश्यक पर्ने विद्युत पूर्ण रुपमा पाएको छ । यसले पनि कम्पनीको ऊर्जामा भइरहेको खर्चमा केही कमी आउनेछ ।
आर्थिक वर्ष २०७९/८० सम्ममा सर्वोत्तमको नाफा ४६ करोड ७६ लाखबाट घटेर २० करोड ७५ लाखमा सीमित भएको छ। उत्पादन बिक्रीबाट ७ अर्ब ८८ करोड आम्दानी गरिरहेको कम्पनीको यस्तो आम्दानी ५ अर्ब ३८ करोडमा सीमित भएको छ ।
आर्थिक वर्ष २०७९/८० सम्ममा सर्वोत्तम सिमेन्टको प्रतिसेयर आम्दानी ५ रूपैयाँ १३ पैसा छ। प्रतिसेयर नेटवर्थ १ सय ८५ रूपैयाँ १९ पैसा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






