सरकारले गर्यो एकैपटक ७१ सहसचिवको सरुवा, को-को हुन् ?

काठमाडौं । आज सरकारले एकैपटक ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय सरकार र प्रदेश सरकार मातहतमा रहेका सहसचिवहरुको सरुवा गरेको हो ।

मन्त्रालयका अनुसार अर्थ मन्त्रालयमा रहेका आनन्द काफ्लेलाई गृह मन्त्रालयमा लगिएको छ भने लगानी बोर्डको कार्यालयमा रहेका अमृत लम्साललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

स्किम श्रेष्ठ- संघीय मामिला मन्त्रालयबाट, गृह मन्त्रालयमा, पार्वती शर्मा- अख्तियार दुरुपयोग अनुन्धान आयोगबाट अर्थ मन्त्रालयमा, राजेन्द्र कुमार- पौडेल राष्ट्रिय सतर्कताबाट अख्तियार दुरुपयोगमा, सुशील ढकाल- बागमती प्रदेशबाट, सत्य निरुपण तथा मेलमिलापप आयोगमा, भरत खनाल- राष्ट्रिय सुरक्षा परिषदबाट गृह मन्त्रालयमा, बैकुण्ठनिधि शर्मा- सुदूरपश्चिम प्रदेशबाट  संघीय मामिला मन्त्रालयमा, काली प्रसाद पराजुली- सत्य निरुपणबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा, भगवान अर्याल- शिक्षा मन्त्रालयबाट राष्ट्रिय योजना आयोगमा, महेश बराल- योजना आयोगबाट अर्थमन्त्रालयमा, प्रेमप्रसाद भट्टराई- मधेश प्रदेशबाट  गृह मन्त्रालयमा,हुमकला पाण्डे- गृह मन्त्रालयबाट बाग्मती प्रदेशमा, रमेश न्यौपाने- गृह मन्त्रालयबाट कर्णली प्रदेशको योजना आयोगमा, प्रद्युम्न प्रसाद- उपाध्यय प्रधानमन्त्रीको कार्यालयबाट लगानी बोर्डको कार्यालयमा, नमराज घिमिरे- भूमि व्यवस्था सहकारी मन्त्रालयबाट प्रधानमन्त्रीको कार्यालयमा, विनोद -बहादुर कुँवर- गण्डकी प्रदेशबाट स्वास्थ्य मन्त्रालय, ज्ञानप्रसाद ढकाल-  दूरपश्चिम प्रदेशबाट बागमती प्रदेशमा, ऋिषिराम तिवारी- गण्डकी प्रदेशको योजना आयोगबाट  गण्डकी प्रदेशको लोकसेवामा, गोविन्द कार्की- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पर्यटन मन्त्रालयमा सरुवा भएका छन् । 

त्यस्तै, राजेन्द्रकुमार केसी- पर्यठन मन्त्रालयबाट वागमति प्रदेशमा, तीर्थराज भट्टराई- बागमती प्रदेशबाट गण्डकी प्रदेशमा, बलराम निरौला- बागमती प्रदेशको योजना आयोगबाट बागमती प्रदेशकै श्रम मन्त्रालयमा, किरण रुपाखेती- राष्ट्रिय योजना आयोगबाट प्रधानमन्त्रीको कार्यालयमा, नरेशराज खरेल- मधेश प्रदेशबाट श्रम मन्त्रालयमा, पार्वती अर्याल- श्रम मन्त्रालयबाट राष्ट्रिय महिला आयोगमा, कमलबहादुर राजलवट- महिला आयोगबाट बागमती प्रदेशमा, रुद्रप्रसाद लामिछाने- मधेशी आयोगबाट सतर्कता केन्द्रमा, मदन कोइराला- गृह मन्त्रालयबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान वीर अस्पतालमा, दीपक कुमार पहाडी- गृह मन्त्रालयबाट उद्योग मन्त्रालयमा, प्रकाश पौडेल- रक्षा मन्त्रालयबाट गण्डकी प्रदेशमा सरुवा भएका छन् । 

यसैगरी, बद्रीनाथ अधिकारी- गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयबाट गण्डकी प्रदेशकै योजना आयोगमा, ज्ञानेन्द्र पौडेल- वित्त आयोगबाट रक्षा मन्त्रालयमा, रामचन्द्र ढकाल- श्रम मन्त्रालयबाट वित्त आयोगमा, नारायण प्रसाद अर्याल- संघीय मामिला मन्त्रालयबाट गृह मन्त्रालयमा, लक्ष्मीप्रसाद पौडेल- वीरगन्ज महानगरपालिकाबाट आन्तरिक मामिला मन्त्रालय, कोशीमा, मातृका भट्टराई- धरान उपमहानगरपालिकाबाट वीरगन्ज महानगरपालिकामा,उमेशकुमार ढकाल- आन्तरिक मामिला मन्त्रालय, मधेसबाट संघीय मामिला मन्त्रालयमा, नीता पोखरेल अर्याल- परराष्ट्र मन्त्रालयबाट अतिरिक्त समूह, संघीय मामिला मन्त्रालयमा, अणप्रसाद न्यौपाने- प्रदेश प्रमुखको कार्यालय, गण्डकीबाट शिक्षा मन्त्रालयमा, इमनारायण श्रेष्ठ- युवा तथा खेलकुद मन्त्रालयबाट शिक्षा मन्त्रालयमा, लक्ष्मीप्रसाद भट्टराई- शिक्षा मन्त्रालय, मधेसबाट प्रदेश प्रमुखको कार्यालय, कोशीमा, जयराम अधिकारी- भाषा आयोगबाट शिक्षा मन्त्रालयमा, यदुचन्द्र घिमिरे- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेसमा, धीरेन्द्रकुमार प्रधान- वन तथा वातावरण मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालय, बागमतीमा, होमनाथ पौडेल- सहरी विकास मन्त्रालयबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा, पूर्वकुमार राई- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट राष्ट्रिय सतर्कता केन्द्रमा, अमृत श्रेष्ठ-  भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमतीबाट सहरी विकास मन्त्रालयमा, माधवप्रसाद भट्टराई- सहरी विकासमा सरुवा गरिएकाे छ । 

यस्तै, मन्त्रालयबाट भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमतीमा ,प्रेमदत्त भट्ट- भौतिक पूर्वाधार विकास मन्त्रालय, सुदूरपश्चिमबाट सहरी विकास मन्त्रालयमा, सुरतकुमार बम- खानेपानी मन्त्रालयबाट भौतिक पूर्वाधार विकास मन्त्रालय, सुदूरपश्चिममा, प्रेरणा सेढाईँ भट्टराई- कृषि मन्त्रालयबाट   कृषि तथा मत्स्य विकास निर्देशनालय, गण्डकीमा, रामचन्द्र कँडेल-    वन तथा वातावरण मन्त्रालयबाट उद्योग मन्त्रालय, गण्डकीमा, विशाल घिमिरे-   उद्योग मन्त्रालय, गण्डकीबाट  पर्यटन मन्त्रालय, कोशीमा, सुशील वैद्य -   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आन्तरिक मामिला मन्त्रालय, सुदूरपश्चिममा,छविलाल रिजाल-     गृह मन्त्रालयबाट     उद्योग मन्त्रालय, दिवस आचार्य-    उद्योग मन्त्रालयबाट     राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, कुमारप्रसाद दाहाल-    युवा तथा खेलकुद मन्त्रालयबाट     भूमि व्यवस्था मन्त्रालय ,शिवप्रसाद रेग्मी-  भूमि व्यवस्था मन्त्रालयबाट    युवा तथा खेलकुद, विपिन आचार्य-   गृह मन्त्रालयबाट    प्रधानमन्त्री कार्यालय ,ढुण्डीप्रसाद निरौला-   अर्थ मन्त्रालयबाट   प्रधानमन्त्री कार्यालय, रवीन्द्र बोहरा-   सार्वजनिक खरिद अनुगमन कार्यालयबाट    सहरी विकास मन्त्रालय, रामचन्द्र दंगाल-  सहरी विकास मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालय , रमेशकुमार केसी-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट   अख्तियार दुरुपयोग अनुसन्धान योग, भोला दाहाल-   अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट    गृह मन्त्रालय , उद्धवबहादुर घिमिरे -    वन तथा वातावरण मन्त्रालयबाट   वन तथा वातावरण मन्त्रालय, मधेस, शैलेशकुमार दाहाल-     कृषि तथा पशुपक्षी मन्त्रालयबाट     शिक्षा मन्त्रालय, केशवप्रसाद दाहाल-    शिक्षा मन्त्रालयबाट     श्रम मन्त्रालय, मधेस, रुद्रप्रसाद अधिकारी-    शिक्षा मन्त्रालयबाट    शिक्षा मन्त्रालय, मधेसमा सरुवा गरिएकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै