काठमाडौं । चलचित्र संघ र निर्माता संघबीच आज नेपाली फिल्म हलहरुमा चलुन्जेल ५० प्रतिशत शेयर पाउने सहमति भएको छ । चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र निर्माता संघका अध्यक्ष नवल खड्काबीच बिहीबार यस्तो सम्झौता भएको हो ।
सम्झौताअनुसार गएको कात्तिक २४ गतेदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले हलहरुमा चलुन्जेल ५० प्रतिशत शेयर पाउनेछन् । यसअघि नेपाली चलचित्रका निर्माताले तेस्रो हप्ताबाट ३५ प्रतिशत मात्रै शेयर पाउने गरेका थिए ।
गएको बुधबार र बिहीबार दुई दिनसम्म चलेको वार्तापछि हल सञ्चालकहरु आफूहरुको मागमा सहमत हुन तयार भएको ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलले जानकारी दिए ।
शेयर बाँडफाँड ५०–५० प्रतिशतको अलवा चलचित्र संघ र निर्मातासँगबीच अन्य सहमति पनि भएको छ । निर्माता कँडेलका अनुसार अबदेखि चलचित्र हलमा लाग्नुअघि नेपाली फिल्मको तीन मिनेटसम्मको ट्रेलर १५ दिनसम्म हलले सित्तैमा बजाइदिनेछ ।
यसअघि डेढ मिनेटको ट्रेलर मात्रै हलले बजाइदिने गरेको थियो । साथै हलहरुमा पोस्टर लगाउन निर्माताहरुले हल सञ्चालकलाई पैसा तिर्नुपर्ने अवस्था थियो । अबदेखि पोस्टर टाँस्न पनि पैसा तिर्नु नपर्ने भएको छ ।
निर्माता कँडेलले भने, ‘दिमाग खराबले उठाएको मुद्दालाई उहाँहरुले अहिले सम्बोधन गर्नुभएको छ । यसले सिंगो नेपाली फिल्मलाई नै फाइदा पुर्याउने छ । कम्तीमा हामी निर्माताहरुलाई ठूलो रहत महसुस भएको छ ।’
गएको कात्तिक २९ गते ‘दिमाग खराब’ टीमले हलहरुमा शो बाँडफाँडमा अन्याय भएको भन्दै आफ्नो फिल्म हलबाट उठाउने चेतावनी दिएका थिए ।
आफूहरुले तेस्रो हप्ता पनि ५०–५० प्रतिशत शेयर पाउनुपर्ने, विदेशी फिल्म बराबर शो पाउनुपर्ने । यदि नपाएको खण्डमा फिल्मलाई हलबाट निकालेर प्रदर्शनका लागि वैकल्पिक माध्यम खोज्न बाध्य हुने बतार्एका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने



ट्रेन्डिङ
खबरमुकाम






