चितवनमा कृषि वैज्ञानिकको पहिलो सम्मेलन सुरु

भरतपुर । चितवनको रामपुरमा अवस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सुरु भएको कृषि वैज्ञानिक सम्मेलन आजवाट सुरु भएको छ ।

नेपालको कृषिको रुपान्तरणमा अनुसन्धान र प्रचारको भूमिका लक्षित पहिलो कृषि वैज्ञानिक सम्मेलनमा विज्ञ तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । स्वदेश र विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन कृषि तथा वन विज्ञान विश्व विद्यालयमा आज देखि सुरु भएको हो ।

कार्यशालाको उद्घाटन विशिष्ट अथिति पूर्व मन्त्री राष्ट्रिय सभा सदस्य डा‍.विमला राई पौडेलले गरेका थिए। ७ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुने पहिलो कार्यशालाको उद्घाटन गर्दै उनले कृषिको अध्ययन अनुसन्धानमा युवा पुस्ता आउनु राम्रो सन्देश भएको बताए । 

उनले आफू यहि विश्वविद्यालयमा अध्ययन गरेको बताउदै आँफुहरु अध्ययन गर्ने क्रममा अग्रज प्राध्यापकहरुले मात्रै अध्ययन अनुसन्धान गर्ने गरेको भए पनि अहिले आएर युवा पुस्ताहरुको अग्रसरताले कृषि क्षेत्रमा फड्को मार्ने उनको भनाई थियो ।  

कृषि क्षेत्रमा प्रयोग भएका प्रविधि र अहिले वजारमा आएका प्रविधिको अन्तरका कारण पनि कृषकहरुमा समस्या देखिने गरेको उनले बताए । 

त्यस्तै, प्रमुख अथिति राष्ट्रिय योजना आयोगका कार्यवाहक उपाध्यक्ष डा.रामकुमार फुयाँलले नेपालमा कृषि क्षेत्रको विकासका लागि सरकारले सक्दो सहयोग गर्दै आएको बताए । सरकारका कृषि क्षेत्रका योजनाहरुलाई आयोगले प्राथमिकतामा राखेर काम गरेको बताउँदै आगामी योजनाहरुमा कृषि क्षेत्रको बिकासलाई प्रथामिकतामा राखिने बताए । 

वागमती प्रदेश सरकारका योजना आयोगका उपाध्यक्ष डा। नरविक्रम थापाले कृषि तथा बन बिज्ञान विश्वविद्यालयले कृषि क्षेत्रमा नयाँ खोज गर्न जरुरी रहेको बताए । 

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, सहकारी बिकास बोडका सह अध्यक्ष मित्रराज दवाडी, विश्वबिद्यालयका कृषि संकायका डिन प्रा।डा। अर्जुन कुमार श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्ब आयुक्त डा। गणेशराज जोशी, एशियाली बिकास बैंकका डा। रुडी भेन डायल, एएसडिपिका कार्यक्रम निर्देशक बासुदेव काफ्ले लगाएतले नेपालमा कृषि क्षेत्रमा देखिएका समस्या र समाधानका लागि यस वैज्ञानिक सम्मेलनले कृषि क्षेत्रमा निकै ठुलो फट्को मार्ने बताए । 

विश्वविद्यालयका उपकुलपति प्रा.डा‍. पुण्यप्रसाद रेग्मीको अध्यक्षतामा सुरु भएको सम्मेलनमा देश तथा बिदेशका तीन सय वैज्ञानिकहरु सहभागी रहेको थियो ।

कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक डा। ऋषिराम कट्टेलका अनुसार सम्मेलनमा नेपाल सहित भारत, अमेरीका, जापान, क्यानडा, ताइवान लगाएतका देशका कृषि वैज्ञानिकहरुले ११३ वटा कार्यपत्र प्रस्तुत गर्ने छन् । ३ दिन सम्म चल्ने सो सम्मेलनमा कृषि क्षेत्रको समस्या र समाधानका लागि गरिएका कार्यहरुको बारेमा समुहगत छलफल हुने छ ।

यसैगरी एशियाली विकास बैंक, विश्व खाद्य संगठन, कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, कृषि, वन र शिक्षासँग सम्बन्धित अनुसन्धानमूलक संस्थाहरु सहित विभिन्न दातृ निकायका प्रतिनिधिहरु सम्मेलनमा सहभागी भएका हुन ।

कट्टेलका अनुसार सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरुद्वारा कृषि, वन, पशुपालन, भेटेनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजा सम्बन्धी कार्यपत्रहरु प्रस्तुती गरिने छ । जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापन सम्बन्धी विशेष कार्यपत्रहरु समेत प्रस्तुत गरिने छ ।

आज पहिलो दिन उद्घाटनसँगै समूहगत छलफल थालिएको छ । दोस्रो दिन समूहगत छलफल र प्राविधिक विषयगत प्रस्तुती र छलफल गरिने छ । अन्तिम दिन प्राविधिक तथा विषयक छलफल र समापन गरिने छ । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकहरु, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकहरु सहभागी भएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै