काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाहिरको माहौल देखेर कांग्रेसका नेता तथा कार्यकर्ताहरू आत्तिने र बरालिने नभई सम्हालिनुपर्ने बताएका छन् ।
पार्टीको नवलपुर क्षेत्र नम्बर २ को सम्मेलन बुधबार उद्घाटन गर्दै महामन्त्री थापाले अब कांग्रेसलाई बदल्ने र बलियो बनाउने बताए ।
‘बाहिरको माहौल जे छ, त्यो माहौल देखेर नेपाली कांग्रेसका साथीहरू आत्तिने होइन। बरालिने पनि होइन । हामी सम्हालिनुपर्नेछ,’ महामन्त्री थापाले भने, ‘बदलिएको र बलियो कांग्रेसले बरालिएको अहिलेको अवस्थालाई सम्हाल्ने हो । हामी बलियो बनौं, नबरालिँऔं, समाजभित्रका तमाम कुरा हेरौं, यसबाट सिकौं । सँगसँगै देशलाई सम्हालेर अघि बढौं ।’
बिग्रेका कुराहरूलाई सम्हालेर लैजानुपर्ने उनले बताए । केन्द्र, प्रदेश, पालिका र वडाहरूमा पनि कांग्रेसले सरकार चलाउन पाएको उल्लेख गर्दै उनले जनताका काम गर्नुपर्ने बताए ।
‘जता हेरे पनि मन्त्री, सांसद, मेयर र वडाध्यक्ष कांग्रेसकै छन् । यो चार वर्ष काम गर्ने हो, देश र जनताको सेवा गर्ने हो । नागरिकको मन जित्ने हो । हामीले सरकार चलाउँदा कायापलट गर्छौं र चमत्कार गर्छौं भनेर किन कांग्रेसले भन्न सक्दैन?,’ उनले भने, ‘अहिले ०८० सालमा छौं । ०८४ सालमा चुनाव छ। ०८१, ०८२, ०८३ सालमा काम गर्ने हो । यो समय काम गर्न छाडेर ०८४ को चुनाव हारिन्छ भन्ने चिन्ता नगरौं। ०८० देखि ०८३ सम्म काम नगर्ने हो भने ०८४ मा किन चुनाव जित्ने हो ?’
फरक प्रसंगमा महामन्त्री थापाले राम्रा काम गरेका सहकारीलाई सरकारले संरक्षण गर्नुपर्ने बताए ।
‘बदमासी गरेका सहकारीलाई कारबाही गर्ने हो । सहकारीको बदमासीका कारणले जसको धनसम्पत्ति डुबेको छ, उसलाई सरकारले राहत दिनुपर्छ, हामीले प्रधानमन्त्रीलाई यो कुरा भनेका छौं,’ थापाले भने, ‘बैंकबाट ऋण लिएर तिर्दिनँ भन्न कसैले पनि पाउँदैन । बैंकको पैसा भनेको जनताकै पैसा हो ।ऋण लिएर राम्रा काम गर्दागर्दै पनि समयमा तिर्न नसकेकाहरूलाई सरकारले राहत दिनुपर्छ, उनीहरूले सहुलियत पाउनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






