काठमाडौँ । काठमाडौँको माइतीघर मण्डला सुनसान छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर–नयाँ बानेश्वर क्षेत्र निषेधित घोषणा गरेपछि यहाँ सुनसान छ ।
निषेधित क्षेत्र घोषणाअघि माइतीघर गुलजार हुन्थ्यो । आफ्ना कुरा र माग सुनाउन मानिसहरूले माइतीघरमा धर्ना तथा प्रदर्शन गरिरहेका हुन्थे ।
प्रशासनले निषेधित क्षेत्र तोकेपछि नागरिकहरूले माइतीघरमा बसेर सरकारलाई आफ्ना कुरा सुनाउनबाट बञ्चित भएका छन् ।
माइतीघरमा निषेधित क्षेत्र लेखिएको ब्यानर राखिएको छ । सुरक्षाका लागि केही प्रहरीहरू खटिएका छन् ।
मंसिर ७ गते युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले काठमाडौंमा कार्यक्रम गर्ने भएपछि माइतीघर क्षेत्र एक महिनाका लागि निषेधित क्षेत्र तोकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






