खबरमुकाम । सुरक्षा निकायले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेका छन् । बिहीबार एकै दिन दुई समूहबाट हुन लागेको प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको हो ।
काठमाडौं भित्रिने मुख्य नाकामा प्रहरीले जाँचमा कडाइ गरेको छ । प्रहरीले उपत्यका प्रवेश गर्ने नाकामा विशेष जाँच गर्न थालेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए ।
उनका अनुसार गाडीमा चेकजाँचसहित आवश्यक शान्ति सुरक्षाका लागि सबै संयन्त्र परिचालन गरिएको छ । मुख्य नाका थानकोटमा गाडी रोकेर जाँच गर्न थालिएको उनले बताए ।
काठमाडौंका अन्य नाकामा पनि कडाइ गरिएको छ । दुई समूहको प्रदर्शनलक्षित गरी काठमाडौं र लिलितपुरका विभिन्न ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
दुई पक्षबीच मुठभेड र झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गरी माइतीघर मण्डलादेखि बानेश्वर, प्रधानमन्त्री र राष्ट्रपति निवास वरपरलगायत पुल्चोक क्षेत्रमा जुलुस, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेध आदेश जारी गरिएको छ ।
बिहिबार नेकपा एमाले निकट युवा संघ र व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको समूहले काठमाडौंको तीनकुने र बल्खुमा प्रदर्शन गर्दै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






