ऋषभ शेट्टीकाे लेखन, निर्देशन तथा अभिनय रहेकाे कन्नड फिल्म 'कान्तारा' ले बक्स अफिसमा सफलता हासिल गरेको थियो । यो फिल्मले भारतमा मात्र नभई विश्वभरबाट चर्चा कमाएको थियो ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले विश्वभरबाट ४५० करोड भारू कमाइ गरेको थियो । अब ऋषभ 'कान्तारा' बनाउने तयारीमा छन् ।
यो फिल्मको प्रिक्वेललाई पर्खिरहेका छन् दर्शक । होम्बले फिल्म्सको यो फिल्म २७ नोभेम्बरबाट छायांकनमा जानेछ ।
यो फिल्मको लागि ठूलो सेट निर्माण गरिएको छ । ऋषभले केही समयअघि फिल्म निर्माण घोषणा गरेका थिए । तर कलाकारबारे जानकारी दिइएको छैन ।
दक्षिण भारतीय फिल्म 'कान्तारा' ले बक्स अफिसमा तहल्का मच्चाएको थियो । फिल्म रिलिजको डेढ महिना हुँदा समेत फिल्मले दर्शकको साथ पाइरहेको थियो । फिल्मले राम्रो कमाइ गर्नुको साथै सकारात्मक समीक्षा पाएको थियो । भारतीय समीक्षकहरूले फिल्मलाई वर्षकै उत्कृष्ट फिल्म बताएका थिए ।
'कान्तारा' ले 'केजिएफ' को रेकर्ड तोड्दै कन्नड फिल्ममा सर्वाधिक कमाउने दोस्रो फिल्म बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने



ट्रेन्डिङ
खबरमुकाम






