काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा ‘दलाइ लामा’ जन्माउने प्रयास भइरहेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको अवस्था राष्ट्रिय संवेदनशीलताको विषय बनेको बताए ।
प्रचण्डले नेपालमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता राजनीतिक दलहरूले लामो समयदेखि गर्दै आए पनि पछिल्लो समय त्यसको उल्लङ्घन भएको दाबी गरे । उनले दलाइ लामाको जन्मोत्सव मनाइएको प्रसंग उल्लेख गर्दै नेपालमा अर्को दलाइ लामा जन्माउने विषयमा समेत चर्चा भइरहेको बताए ।
उनले जनताले लामो संघर्षबाट प्राप्त गरेका अधिकार खोस्ने प्रयास भइरहेको आरोप लगाए । उत्पीडित वर्ग र समुदायमाथि पुनः उत्पीडन तथा निरङ्कुशता लाद्ने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध साझा कार्यक्रम बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
गरिब, मजदुर, किसान तथा उत्पीडित समुदायका अधिकार खोस्ने प्रयासविरुद्ध जनतालाई संगठित र आन्दोलित गर्नुपर्ने उनको भनाइ थियो । उनले सदन र सडक दुवैबाट संघर्ष गर्दै आगामी निर्वाचनमार्फत पनि प्रतिरोध गर्नुपर्ने बताए ।
प्रचण्डले सबै वामपन्थी शक्ति एकजुट भएर साझा न्यूनतम कार्यक्रमका साथ अघि बढे जस्तोसुकै चुनौती सामना गर्न सकिने दाबी गरे । उनले देशभरबाट ठूलो संख्यामा जनता काठमाडौं र जिल्ला सदरमुकाममा उतारेर दबाब सिर्जना गर्न सकिने धारणा पनि राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






