काठमाडौं । अमेरिकाले बुधबार साँझ इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ हवाई आक्रमण गरेको जनाएको छ । त्यससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै वार्तामा सकारात्मक रूपमा प्रस्तुत हुन आग्रह गरेका छन् ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार आक्रमणका क्रममा इरानका सैन्य कमान्ड सेन्टर, हवाई प्रतिरक्षा प्रणाली, मिसाइल तथा ड्रोनसँग सम्बन्धित संरचना र तटीय निगरानी केन्द्रलाई लक्षित गरिएको थियो । सेन्टकमले उक्त सैन्य अभियान सम्पन्न भइसकेको जानकारी दिएको छ ।
अमेरिकी पक्षले यी आक्रमणको उद्देश्य स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने अन्तर्राष्ट्रिय व्यापारिक जहाज तथा तिनका चालक दलमाथि सम्भावित खतरा उत्पन्न गर्न सक्ने इरानको सैन्य क्षमता कमजोर बनाउनु रहेको जनाएको छ ।
यसअघि इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डासहित क्षेत्रका अन्य अमेरिकी आधारहरूमा आक्रमण गरेको दाबी गरेको थियो। त्यसपछि अमेरिकाले प्रतिकारस्वरूप सैन्य कारबाही गरेको बताइएको छ ।
इरानका प्रमुख वार्ताकार तथा संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै कुनै पनि सम्झौताबाट इरानलाई लाभ नहुने अवस्था आए त्यसलाई स्वीकार गर्ने आधार नरहेको बताएका छन् ।
यसैबीच राष्ट्रपति ट्रम्पले मंगलबार इरान वार्तामा नफर्किए पूर्वाधारमा थप आक्रमण हुन सक्ने चेतावनी दिएका थिए । बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले निश्चित समयसीमा नतोके पनि इरानले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने भन्दै, ूउनीहरूलाई के गर्नुपर्छ भन्ने थाहा छ, उनीहरूले अझ राम्रो व्यवहार गर्नुपर्छ,ू बताएका छन् ।
यस घटनापछि मध्यपूर्वमा तनाव थप चर्किने सम्भावना बढेको छ भने अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउन र कूटनीतिक संवादमार्फत समाधान खोज्न आग्रह गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






