काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी अमेरिकी सैन्य कारबाही आफूले पर्याप्त भएको निर्णय नगरेसम्म नरोकिने बताएका छन् । उनले इरानलाई वार्तामा आउन आग्रह गर्दै अन्यथा थप कडा सैन्य कदम चालिने चेतावनी दिएका हुन् ।
फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले इरानको सैन्य क्षमता उल्लेखनीय रूपमा कमजोर भइसकेको दाबी गरे । उनका अनुसार इरानसँग केही प्रतिरोध गर्ने क्षमता बाँकी रहे पनि त्यो सीमित अवस्थामा पुगेको छ ।
सैन्य कारबाही कहिलेसम्म जारी रहन्छ भन्ने प्रश्नमा ट्रम्पले आफूले रोक्ने निर्णय नगरेसम्म आक्रमण जारी रहने स्पष्ट पारे।
उनले आगामी दिनमा इरानका ऊर्जा, विद्युत् र यातायातसँग सम्बन्धित रणनीतिक पूर्वाधारहरू पनि सम्भावित लक्ष्य बन्न सक्ने संकेत दिए । वार्ताबाट समाधान खोज्न आफू तयार रहेको उल्लेख गर्दै ट्रम्पले इरानले संवादको बाटो नअपनाए सैन्य अभियान अझ तीव्र हुने चेतावनी दोहोर्याए ।
ट्रम्पका अनुसार अमेरिका र इरानबीच वार्ताको प्रयास हुने अपेक्षा गरिएको छ । तर, कुनै सहमति हुन नसके थप सैन्य कारबाही अघि बढाइने उनले बताए ।
उनले इरान वार्तामा सहभागी नभए विद्युत् उत्पादन केन्द्र, पुल तथा अन्य महत्वपूर्ण पूर्वाधारहरूमा पनि आक्रमण हुन सक्ने चेतावनी दिएका छन् । उनका अनुसार आगामी सातालाई इरानका लागि कठिन समय बन्न सक्ने सम्भावना छ ।
यता, इरानी सरकारी सञ्चारमाध्यमहरूले देशका दक्षिणी क्षेत्र, तटीय इलाका तथा होर्मुज जलमार्ग आसपासका टापुहरूमा लगातार विस्फोटका घटना भइरहेको बताएका छन् । यद्यपि ती विस्फोटको विस्तृत विवरण र क्षतिको आधिकारिक पुष्टि भने सार्वजनिक भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






