काठमाडौं । अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्ट्रकम) ले होर्मुज जलमार्ग हुँदै इरानी बन्दरगाहतर्फ जाने तथा त्यहाँबाट फर्कने जहाजहरूलाई लक्षित गर्दै नौसैनिक नाकाबन्दी औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ ।
सेन्ट्रकमका अनुसार अमेरिकी समयअनुसार जुलाई १४ दिउँसो ४ बजेदेखि उक्त नाकाबन्दी लागू भएको हो । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दी तत्काल सुरु गरिने घोषणा गरेका थिए ।
अमेरिकी सेनाले सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेको जानकारीमा इरानी बन्दरगाह तथा तटीय क्षेत्रमा जाने–आउने जहाजहरूलाई नाकाबन्दीको दायरामा राखिने उल्लेख गरिएको छ । साथै, यसबाट प्रभावित नहुने अन्य अन्तर्राष्ट्रिय जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न अमेरिकी नौसैनिक बलले आवश्यक सहयोग जारी राख्ने पनि बताइएको छ ।
सेन्ट्रकमले ओमानको खाडी र होर्मुज जलमार्ग क्षेत्रमा सञ्चालन हुने सबै जहाजलाई सुरक्षा सम्बन्धी प्रसारणहरू नियमित रूपमा सुन्न र आवश्यक परे अमेरिकी नौसैनिक बलसँग सम्पर्कमा रहन आग्रह गरेको छ ।
आईएमओले उठायो कानुनी प्रश्न
यसैबीच, होर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट अमेरिकाले शुल्क उठाउने राष्ट्रपति ट्रम्पको घोषणाप्रति संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ)ले कानुनी आधारबारे प्रश्न उठाएको छ ।
आईएमओका प्रवक्ताले अन्तर्राष्ट्रिय जलमार्ग प्रयोग गर्ने जहाजबाट एकतर्फी रूपमा अनिवार्य शुल्क असुल गर्ने अभ्यासको संगठनले समर्थन नगर्ने स्पष्ट पारेका छन् । उनका अनुसार अन्तर्राष्ट्रिय समुद्री आवागमन स्वतन्त्र र प्रचलित अन्तर्राष्ट्रिय कानुनअनुसार सञ्चालन हुनुपर्ने आईएमओको दीर्घकालीन धारणा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






