काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका तीन जनाविरुद्ध उजुरी दर्ता गर्न सार्वजनिक आह्वान गरेको छ । समितिले सूचना जारी गर्दै संवैधानिक परिषद्बाट सिफारिस गरिएका उम्मेदवारहरूको नियुक्ति उपयुक्त नभएको ठोस आधार, प्रमाण वा विश्वसनीय सूचना भए १० दिनभित्र लिखित उजुरी पेश गर्न आग्रह गरेको हो ।
सूचनाअनुसार प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्ले विरुद्ध नेपाली वा अंग्रेजी भाषामा प्रमाणसहित उजुरी दर्ता गर्न सकिनेछ ।
समितिले उजुरीमा उजुरीकर्ताको पूरा नाम, ठेगाना, सम्पर्क नम्बर र जिल्ला स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने जनाएको छ। साथै, उजुरीमा उल्लेख गरिएका दाबी पुष्टि गर्ने कागजात वा अन्य प्रमाणका प्रतिलिपिसमेत अनिवार्य रूपमा संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।
उजुरी सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको सचिवालयमा सिधै बुझाउन वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत कुनै शुल्क नतिरी पठाउन सकिने समितिले जनाएको छ ।
समितिका अनुसार यो सूचना पहिलो पटक असार २६ गते प्रकाशित गरिएको हो । यसअघि असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदमा उनीहरूको नाम नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






