काठमाडौं । इरानले पछिल्ला दुई दिनमा अमेरिकाले गरेको हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ । दुवै देशबीच बिहीबार पनि सैन्य कारबाही जारी रहँदा क्षेत्रीय तनाव थप बढेको छ ।
इरानी अधिकारीहरूका अनुसार अमेरिकी सेनाले विभिन्न स्थानमा करिब ९० वटा हवाई आक्रमण गरेको छ । तीमध्ये केही आक्रमण रणनीतिक महत्वको होर्मुज जलडमरूमध्य आसपासका क्षेत्रमा केन्द्रित रहेको जनाइएको छ । जारी द्वन्द्वका कारण विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्यमा जहाजहरूको आवतजावतसमेत लगभग प्रभावित भएको बताइएको छ ।
इरानको सरकारी सञ्चारमाध्यमले बुसेहर प्रान्तका एक उपगभर्नरलाई उद्धृत गर्दै बुसेहर आणविक ऊर्जा केन्द्र नजिक पनि आक्रमण भएको जनाएको छ। यद्यपि, यसबारे अमेरिकाले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।
इरानले अमेरिकी आक्रमणको जवाफस्वरूप कुवेत, बहराइन र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी हवाई हमला गरेको दाबी गरेको छ । साथै, राज्य–समर्थित सञ्चारमाध्यमका अनुसार बिहीबार कुवेत, जोर्डन र इराकका विभिन्न क्षेत्रमा पनि थप आक्रमणहरू गरिएको छ ।
यसैबीच, इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको निधनपछि आयोजित छ दिने श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । त्यसपछि बिहीबार उत्तरपूर्वी सहर मसहदमा उनको अन्त्येष्टि गरिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अन्त्येष्टिका क्रममा मसहदका सडकमा ठूलो संख्यामा सर्वसाधारण इरानी राष्ट्रिय झण्डासहित उपस्थित भएका थिए । केही सहभागीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आक्रोश व्यक्त गर्ने सन्देशसहितका पोस्टर पनि प्रदर्शन गरेका थिए ।
इरानका अनुसार गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको हवाई आक्रमणमा तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनी र उनका परिवारका सदस्यको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






