काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम समूहमा रहेका केही नेताहरू नेकपा (एमाले) मा फर्किएका छन् । बिहीबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्यले एमालेमा पुनः प्रवेश गरेका हुन् ।
उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए । एमालेमा फर्किने नेतामध्ये डीबी कार्की पूर्वसंविधानसभा सदस्यसमेत हुन् । उनी लामो समयदेखि वामदेव गौतमसँग राजनीतिक रूपमा आबद्ध रहँदै आएका थिए ।
एमालेमा फर्किएका अन्य नेताहरूमा राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रविन्द्र बम (बैतडी) रहेका छन् ।
उनीहरूको एमालेमा पुनरागमनसँगै पार्टीले विभिन्न जिल्लामा आफ्नो संगठनात्मक आधार थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






