काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले जारी गरेको निर्णयअनुसार फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको हो ।
फिफाले एन्फाको कामकारबाहीमा तेस्रो पक्षको हस्तक्षेप भएको ठहर गर्दै यो कदम चालेको जनाएको छ । निलम्बनसँगै एन्फाले फिफाको सदस्यका रूपमा प्राप्त गर्दै आएका सबै अधिकार गुमाएको छ भने नेपाली फुटबल अन्योल र अनिश्चितताको अवस्थामा पुगेको छ ।
यस निर्णयपछि एन्फा, त्यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब तथा पदाधिकारीहरूले फिफा र एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गत सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रतियोगिता तथा गतिविधिमा सहभागी हुन पाउने छैनन् ।
यस्तै, फिफाबाट प्राप्त हुँदै आएको आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी सहयोगसमेत प्रभावित हुने भएको छ । फिफाको यस निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागिता र विकास प्रक्रियामा प्रत्यक्ष असर पार्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






