काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज शनिबार र आइतबार दुई दिनमा ६९ जिल्लाको अधिवेशन गर्दैछ । रास्वपा केन्द्रीय सम्पादन समितिको निर्णय बमोजिम आज ३६ जिल्लामा र भोलि २९ जिल्लामा अधिवेशन हुन लागेको हो ।
कोशी प्रदेशका ८ जिल्ला झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सुनसरीमा अधिवेशन हुँदैछ । यस्तै, मधेशका महोत्तरी र रौतहट, बागमती ८ जिल्लाः दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रे सिन्धुपाल्चोक र सिन्धुलीमा जिल्ला अधिवेशन हुँदैछ ।
यस्तै, गण्डकी प्रदेशका स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी, लुम्बिनी प्रदेशका ८ जिल्लाः गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पामा पनि जिल्ला अधिवेशन हुँदैछ । यस्तै, आजै कर्णाली प्रदेशका कालिकोट र सल्यान तथा सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ र दार्चुलामा जिल्ला अधिवेशन हुँदैछ ।
भोलि कोशी प्रदेशका ४ जिल्लाः उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मधेश प्रदेशका ४ जिल्लाः सिरहा, धनुषा, पर्सा र सर्लाही, बागमती प्रदेशका चितवन र ललितपुरमा अधिवेशन तय भएको छ ।
यस्तै, गण्डकी प्रदेशका ४ जिल्लाः तनहुँ, नवलपुर, गोरखा र लमजुङ, लुम्बिनी प्रदेशका ३ जिल्लाः अर्घाखाँची, रुपन्देही र प्युठान, कर्णाली प्रदेशका ६ जिल्लाः
सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका ६ जिल्लाः अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन तय भएको छ । बारामा भने अधिवेशन जेष्ठ २६ गतेलाई थय भएको छ ।
पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६६ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको रास्वपाले जनाएको छ । बाँकी ११ जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुने बताइएको छ ।
जिल्ला अधिवेशनपछि जेठ २६ गतेदेखि सात प्रदेशको अधिवेशनको तयारी भइरहेको छ । जेठ २६ गते पहिलो प्रदेश अधिवेशनको रुपमा बाग्मती प्रदेशबाट सुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न अदालतको आदेश
- नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलायो
- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन
- प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो
- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
- सुनसरीका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
- नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा
- नेपाल टेलिकमले ल्यायो मनसुन अफर

ट्रेन्डिङ
खबरमुकाम







