काठमाडौं । संवैधानिक परिषद्को बिहीबारको बैठकको निर्णयबाट प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरिएपछि त्यसले तरंग ल्याएको छ । विपक्षी दलहरुले उक्त निर्णयमा आपत्ति जनाइरहेका छन् भने वकिलहरुको छाता संस्था नेपाल बार एशोसिएशनको आकस्मिक बैठक आजका लागि डाकिएको छ ।
बारका अध्यक्ष डा। विजय मिश्रका अनुसार बिहीबार बसेको संवैधानिक परिषद् बैठकले चौथो वरीयतामा रहेका सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेपछि यसबारे धारणा बनाउन बैठक बस्न लागेको हो ।
बैठकमा बारका सल्लाहकार, संविधानविद्, कानुनविद् र पूर्वपदाधिकारीलाई बोलाइएको छ । उनीहरूले दिएको सुझावपछि बारले धारणा सार्वजनिक गर्ने अध्यक्ष मिश्रले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ बाट नेपाल लाइफ सम्मानित
- रिपोर्टस् क्लव बन्दको बन्दै, के भन्छन् ऋषि धमला ?
- साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै
- पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, अब कतिमा पाइन्छ ?
- चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि जंगल सफारी बन्द
- इक्वेडरमाथि सहज जित निकाल्दै मेक्सिको अन्तिम १६ मा
- आज धेरै क्षेत्रमा वर्षा र केही स्थानमा भारी वर्षा हुने
- लुम्बिनीमा आज कांग्रेस इतर समूहको प्रदेश भेला, संगठन सुदृढीकरणदेखि राजनीतिक रणनीतिसम्म छलफल हुने

ट्रेन्डिङ
खबरमुकाम







