पोखराबाट सुरु सर्वोच्च शान्ति पदयात्रा नवलपुरको गैँडाकोट आइपुगेको छ । २३ पुसमा पोखराबाट सुरु भएर भारतको छत्तीसगढ (दुर्ग) सम्म पुग्ने शान्ति पदयात्राको टोली शनिबार गैँडाकोट आइपुगेको हो । मानव मिलन संस्थाका संस्थापक नेपालकेसरी राष्ट्रसन्त डा. मणिभद्र मुनिजी महाराजको नेतृत्वमा आएको टोलीलाई गैँडाकोटमा स्वागत सत्कार गरिएको छ । मानव मिलन संस्था नवलपुरले गैँडाकोटमा दीक्षा समारोह आयोजना गरी शान्ति पदयात्राको टोलीबाट दीक्षा दिवसको अवसरमा ‘दीक्षा जयन्ती समारोह’ गरेको हो ।
सो अवसरमा नेपालकेसरी राष्ट्रसन्त डा. महाराजले मानवले आफ्नो दृष्टि सकारात्मक राख्नुपर्मा जोड दिए । सांसारिक सुविधा त्याग गरी आध्यात्मिक जीवनमा लाग्नुपर्ने भन्दै उनले मृत्यु लाई महोत्सवमा परिणत गर्न सक्नुनै जीवनको सार भएको बताए । साधना र आध्यात्मको सम्मान गर्नुपर्मा जोड दिँदै उनले पछिल्लो समय नेपालमा विधर्मीहरुको प्रभाव बढ्दै गएको तर्फ गरे । हत्या, हिंसा गर्न नहुने भन्दै उनले धार्मिक अनुष्ठानलाई नियमसंगत गर्नुपर्मा जोड दिए ।
कार्यक्रममा बाल संस्कारक पुजित मुनिजी महाराजले पछिल्लो समय मानवता देखाउन छाडेका बताए । मानव भएर जन्मिएपछि एकदिन मर्नुपर्ने भन्दै उनले मानवको सेवामा समर्पित हुनुपर्मा जोड दिए । ‘हामी साँच्चिकै मानव हुँदै कल्याणकारी काम गर्नुपर्छ,’ उनले भने । कार्यक्रममा गैँडाकोट–१ का वडा अध्यक्ष सुरेन्द्र रेग्मीले समृद्ध समाज निर्माणमा एकजुट हुँदै मानव सेवामा लाग्नुपर्ने बताए । शान्ति पदयात्रा बुटवल हुँदै सुनौली नाका भएर दुर्गसम्म पुग्नेछ । यो यात्रा करिब १५ सय किमी हुने अनुमान छ ।
टोलीमा जैन धर्मका मुनिहरुसँग अन्य अनुयायीहरुको समेत सहभागिता छ । पोखराबाट पदयात्रा सुरुवात गर्दा सुरेश मुनिजी महाराज, महासति लक्ष्मीजी महाराज, महासति वैशालीजी महाराज र डा. सुजनाजी महाराज गुरुदेवसमेत संलग्न रहेको मानव मिलन संस्था कास्कीका अध्यक्ष गुप्तप्रसाद शर्माले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने

ट्रेन्डिङ
खबरमुकाम







