वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगोपनलाई प्राथमिकतामा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो देशव्यापी वृक्षारोपण पहललाई निरन्तरता दिंदै इलाम नगरपालिकामा दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
यस अभियानअन्तर्गत आज ५०० आरू र ५०० नासपाती गरी १,००० फलफूलका बिरुवा रोपेर हरियाली अभियानलाई इलाममा औपचारिक रूपमा अघि बढाएको छ।
कार्यक्रममा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कबी फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, कोशी प्रदेश प्रमुख तुलसीनाथ पौडेल तथा प्रदेशका विभिन्न शाखाका शाखा प्रमुखहरु उपस्थित थिए। त्यस्तै सोहि कार्यक्रममा लुम्बिनी वर्ल्ड पीस फोरमको तर्फबाट वृक्षारोपण अभियानको अभियन्ता बासु गौतम र इलाम नगरपालिकाको तर्फबाट मेयर केदार थापा र विभिन्न वडा बाट नुतन देब दुलाल (अध्यक्षः वार्ड न ४), दुर्गा मदन श्रेष्ठ (सदस्यः वार्ड न ६), दल मान तामाङ्ग (अध्यक्षः वार्ड न ६), ओम नाथ प्रधान (अध्यक्षः वार्ड न १०), पारस मणि काफ्ले (सदस्यः वार्ड न ४) र कृषि प्राविधिक उपेन्द्र नेपालको उपस्थिति रहेको थियो।

सन नेपाल लाइफ इन्स्योरेन्सले सामुदायिक दिगोपन, सामाजिक जिम्मेवारी र वातावरणीय सन्तुलनलाई आफ्नो संस्थागत दर्शनको मुख्य आधार मानेर यस्ता कार्यक्रमलाई निरन्तर रूपमा देशभर विस्तार गर्दै आएको छ।
हालै, सन नेपाल लाइफले देशभर १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






