एमएडब्लू वृद्धिले आधिकारिक रूपमा प्रि–न्यू इयर ब्याश नामक इयर-इण्ड अभियान सुरु गरेको छ, जसअन्तर्गत डोंगफेङ नामी र सेरेस भेहिकलमा यस सिजनकै सबैभन्दा आकर्षक ईभी अफरहरू उपलब्ध हुनेछन्।
नयाँ वर्षअघि आफ्नो परिवार वा व्यक्तिगत प्रयोगका लागि प्रिमियम इलेक्ट्रिक गाडी किन्न चाहनेहरूका लागि यो लिमिटेड-टाइम अफर उत्कृष्ट अवसर बनेको छ।
डोंगफेङ नामीको एक्सक्लुसिभ अफरअन्तर्गत, ग्राहकहरूले अब नामी भिगो र नामी 01 लाई नाडा मूल्यमा किन्न सक्नेछन्। साथै, प्रत्येक ग्राहकले नि:शुल्क 7kW होम चार्जर, 3.5kW पोर्टेबल चार्जर, र नि:शुल्क अटो प्लस इन्स्योरेन्स प्राप्त गर्नेछन्। नामी ग्राहकहरू विशेष लक्की ड्रमा पनि सहभागी हुन पाउनेछन्, जहाँ तीनजना विजेताले थाइल्यान्ड भ्रमण र एक भाग्यशाली ग्राहकले iPhone 17 Pro Max जित्ने मौका पाउनेछन्।
यस अभियानमा सेरेसका ग्राहकहरूका लागि ६ लाख रुपैयाँसम्मको लाभ उपलब्ध छ, जसमा आकर्षक क्यास डिस्काउन्ट, कम्प्रिहेन्सिभ इन्स्युरेन्स, नि:शुल्क एक्सेसरिज, उच्च मूल्यांकन सहितको एक्सचेञ्ज अफर र एक्सचेञ्ज बोनस समावेश छन्। यसले सेरेसलाई यो सिजनका सबैभन्दा फाइदाजनक ईभी विकल्पहरूमध्ये एक बनाएको छ।
प्रि–न्यू इयर ब्याशका सबै अफरहरू काठमाडौँ उपत्यकाभित्र र बाहिर रहेका सबै डोंगफेङ नामी र सेरेस शोरूमहरूमा उपलब्ध छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







