पसिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर, एनएमबी बैंक लिमिटेड, र भिसाले नेपालका पर्यटन र आतिथ्य क्षेत्रमा डिजिटल भुक्तानी समाधान प्रवर्द्धन गर्न सम्झौता पत्र (MOU) मा हस्ताक्षर गरेका छन्। हस्ताक्षर समारोह आज एनएमबी बैंकको मुख्य कार्यालय, बबरमहल, काठमाडौंमा सम्पन्न भएको हो।
यस सम्झौताको उद्देश्य एनएमबी बैंकको एक नवीन सम्पर्करहित भुक्तानी समाधान प्रविधि SOFT POS प्रविधिलाई पर्यटन व्यवसाय र यात्रुहरूको वित्तीय लेनदेनमा सहजता, सुरक्षा, र प्रभावकारिता बढाउन प्रोत्साहन र प्रवर्धन गर्नु हो।
सम्झौता पत्र हस्ताक्षर समारोहमा पाटा नेपाल च्याप्टरका अध्यक्ष श्री खेम लाकाइ, एनएमबी बैंक लिमिटेडका सीईओ श्री गोबिन्द घिमिरे, र भिसाका बंगलादेश, नेपाल र भूटान देश प्रबन्धक श्री सब्बिर अहमद का साथै भिसा, पाटा नेपाल च्याप्टर र एनएमबी बैंकका अधिकृत प्रतिनिधिहरू पनि उपस्थित थिए।
समारोहमा सम्बोधन गर्दै, तीनै संस्थाले यस साझेदारीले नेपालको यात्रा र पर्यटन क्षेत्रमा डिजिटल रूपान्तरणलाई अगाडि बढाउने महत्वपूर्ण कदम भएको बताए। यस सहकार्यले विशेष गरी साना र मध्यम वर्गका पर्यटन व्यवसायहरूमा डिजिटल भुक्तानीको व्यापक स्वीकृति सुनिश्चित गर्ने अपेक्षा गरिएको छ, जसले वित्तीय समावेशिता र सेवा कार्यक्षमता बढाउन मद्दत गर्नेछ।
नेपालको पर्यटन तथा आतिथ्यता व्यवसाय सम्बन्धित आबद्ध प्रणालीहरु मा दिगो पर्यटन विकास, प्रविधि नवप्रवर्तन, र स्मार्ट व्यवसाय अभ्यासलाई प्रवर्द्धन गर्ने साझा लक्ष्यसँग मेल खाने यस पहलले पाटा, एनएमबी बैंक, र भिसाको साझा दृष्टिकोण समेत प्रवर्धन गर्ने विश्वास लिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







