नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल र बंगलादेशबीचको व्यापार असन्तुलन घटाउन दुवै देशले आपसी सहकार्य र सहज व्यापारिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपालका लागि बंगलादेशका राजदूत महोम्मद साफिक रहमानसँग चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष अग्रवालले नेपालले बंगलादेशबाट वार्षिक करिब ३० दशमलव ८८ मिलियन अमेरिकी डलरको सामान आयात गर्ने तर ३ दशमलव ३३ मिलियन अमेरिकी डलर मात्र निर्यात गर्ने अवस्थाले ठूलो व्यापार असन्तुलन देखाएको बताएका हुन् ।
अध्यक्ष अग्रवालका अनुसार सिधा व्यापारिक मार्गको अभाव र भारतीय मार्गको निर्भरताले गर्दा ढुवानी लागत बढ्नुका साथै व्यापारमा ढिलाइ र जटिलता आउने गरेको छ । उनले नेपाल र बंगलादेशबीच सिधा सडक र रेल सम्पर्क विस्तार गर्न दुवै पक्षले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
अध्यक्ष अग्रवालले थपे, ‘नेपालका उत्पादनहरू जस्तै दाल, मसला, फलफूल र दुग्धजन्य वस्तुहरू बंगलादेशमा राम्रो बजार पाउन सक्छन्, तर ती अवसर अझै पूर्ण रूपमा प्रयोग गर्न सकिएको छैन, ।’
उनले (बीबीआईएन) बंगलादेश, भूटान, भारत र नेपालबीचको क्षेत्रीय सहकार्य प्रणालीलाई व्यापार, ऊर्जा र यातायातमा सहकार्य बढाउने प्रभावकारी माध्यमका रुपमा उपयोग गर्न सकिने बताउनुभयो ।
अध्यक्ष अग्रवालले दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य, व्यापारिक प्रदर्शनी, लगानी सम्मेलन र नीतिगत सहजीकरणमार्फत आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आग्रह गरे ।
चेम्बर पदाधिकारीहरुसंगको भेटवार्ताका क्रममा राजदूत रहमानले नेपालको निर्यात प्रवद्र्धन गरेर व्यापार घाटा कम गर्नका लागि आफुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाए ।
नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको राजदूत रहमानले बताए । दुईदेशबीच सांस्कृति तथा शैक्षिक सम्वन्ध नागरिकको तहसम्मै उच्चस्तरीय रहेको रहमानले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा


ट्रेन्डिङ
खबरमुकाम





